प्राध्यापक संघको निर्वाचनमा सहमति कार्यान्वयन गर्न आलटाल


रामकृष्ण चापागाई, काठमाडौं । आन्तरीक किचलोको कारण १६औं महाधिवेशन सम्पन्न गर्न नसकेको नेपाल प्राध्यापक संघले आफ्नो स्थापना दिवश पनि मनाउन सकेन । प्राध्यापकहरुको विभिन्न वैचारीक संगठन वीच सहमति गरि चुनावी प्रक्रियासम्म पुगेको संघले मंगलबार स्थापना दिवश मनाउनु पर्नेथियो । प्राध्यापकहरुको साझ संस्था नेपाल प्राध्यापक संघको अधिवेशन चुनावी प्रक्रियामा गएर स्थगित भएको लामो समय भैसकेको छ ।

२०१९ साल श्रावण २८ गते स्थापना भएको नेपाल प्राध्यापक संघ २०२४ सालमा राजा महेन्द्रले विघटन गरेका थिए । २०३६ सालबाट चुनावी प्रक्रियाद्धारा नेतृत्व छान्दै सक्रिय भएको प्राध्यापक संघको अधिवेशनमा नेतृत्वको लागि प्रजातन्त्रबादी र प्रगतिशिल समुहवीच चुनावि प्रतिस्पर्धा भैरहन्थो ।

प्राध्यापक संघमा काग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघ, एमाले निकट प्रगतिशिल प्राध्यापक संघ र तत्कालिन माओबादी निकट राष्ट्रिय प्राध्यापक संगठनका नेतृत्वका वीच भागवण्डा गरि कार्यसमिति निर्वाचित गर्ने सहमति भएको थियो ।

असार १९ देखि २१ सम्म महाधिवेशन सम्पन्न गर्न खोजेको संघले श्रावण ४ गते निर्वाचन सम्पन्न गरि नेतृत्व चयन गर्ने कार्यतालिका सार्वजनीक गरेको थियो । अघिवेशनमा प्रजातन्त्रवादी समुहले अध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्ष सहित कार्यसमितिमा ११ जना सहभागि हुने र प्रगतिशिल तथा राष्ट्रिय प्राध्यापक संगठनबाट महासचिव र सचिव दुई पदाधिकारी सहित १० जना कार्यसमितिमा सहभागि हुने सहमतिका साथ श्रावण ४ गते निर्वाचन प्रक्रिया अघि बढेको थियो ।

कुल २१ जनाको कार्यसमिति रहने प्राध्यापक संघमा अध्यक्षमा सहमति अनुसार प्रा.डा. वुद्धवहादुर थापा एकजनाको मात्र उमेद्वारी परेपनि सदस्यमा भने ८ जना बढीको उमेद्वारी परेको थियो । प्रजातन्त्रवादी प्राध्यापक संघ भित्र जगत तिमिल्सेना र प्रा.वाशुदेव घिमिरे लगाएको एक समूह छ भने अर्को तर्फ प्रा. प्रकाससिंह प्रधान, प्रा. गुणनिधि न्यौपाने, प्रा.डा. हरिदर्शन श्रेष्ठ, प्रा. कपिल श्रेष्ठ, त्रिवि प्राध्यापक संघका अध्यक्ष प्रा.डा. बसन्त ढकाल, निवर्तमान अध्यक्ष योगेन्द्र नारायण वरवडरिया लगायत अर्को समुह छ ।

गत शनिवार प्रजातन्त्रवादी प्राध्यापकहरुको समुहवीच भएको सहमति कार्यान्वयन गर्न प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालका अध्यक्ष जगत तिमल्सिनाले इमान्दारीता नदेखाएको भन्दै केहि प्राध्यापकहरुले आक्रोश पनि पोखेका छन् । समाचार स्रोतका अनुसार अध्यक्ष तिमल्सिनासंग असन्तुष्ट समुहले प्रजातन्त्रबादी प्राध्यापक संघमा २ जना सदस्य मनोनित गर्ने र नेपाल प्राध्यापक संघमा एक कोषध्यक्ष र एक सदस्य निर्वाचित गराउने सर्तमा सहमति भएको थियो । गत शनिवार भएको सहमतिमा अध्यक्ष तिमल्सिनाले लिखित प्रतिवद्धता भने नगर्ने बताएको स्रोतको भनाई छ ।

नेपाल प्राध्यापक संघमा बागी उमेद्वारी दिने समुहले प्रजातन्त्रबादी प्राध्यापक संघमा डा. सत्यनारायण शाह र प्रा. गोपाल पाण्डेलाई सदस्य मनोनित गर्नुपर्ने र नेपाल प्राध्यापक संघमा प्रा. देवराज अवस्तीलाई कोषाध्यक्ष र डा. विपिन रायलाई सदस्य बनाउने कुरामा सहमति गरेका थिए ।

यस बारेमा प्रजातन्त्रबादी प्राध्यापक संघका अध्यक्ष तिमल्सिनालाई जिज्ञासा राख्दा कुनै सहमति नभएको नेपाल समाचारपत्रलाई प्रतिक्रिया दिनुभएको छ । साढे दुई वर्ष अघि अधिवेशन भएको प्रजातन्त्रबादी प्राध्यापक संघमा ६ जना सदस्य मनोनित गर्न बाकी छ ।

नेपाल प्राध्यापक संघको महाधिवेशनमा ३ सय २० महाधिवेन प्रतिनिधि मध्ये प्रजातन्त्रवादी समुहका १ सय ९० र वामपन्थी र अन्य गठवन्धनका १ सय ३० रहेको बताइएको छ ।

नेपाल प्राध्यापक संघको विधान अनुसार अध्यक्ष प्रत्यक्ष निर्वाचित हुने र अन्य २० समानुपातिक प्रकृयाबाट निवाचित हुने हुँदा अध्यक्ष र सम्पूर्ण पधाधिकारी सहित प्रजातन्त्रवादीका १३ जना र बामगठबन्धनका ८ जना निर्वाचित हुने देखिन्छ । प्रजातन्त्रबादी प्राध्यापक वीचको भागवण्डा नमेलेपछि निर्वाचन नै स्थगित गरिएको थियो ।