एनसेल र धुलिखेल हस्पिटलबीच टेलिमेडिसिन र हेल्थ इन्फर्मेटिक्स्का लागि सम्झौता

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं  ।
एनसेल प्रालिले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत धुलिखेल हस्पिटल (काठमाडौ युनिर्भसिटी हस्पिटलस“ग टेलिमेडिसिन र हेल्थ इन्फर्मेटिक्स् कार्यक्रम सञ्चालन गर्नका लागि सम्झौता गरेको छ । प्रविधि तथा तथ्यांकमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई ग्रामीण, दुरदराजका सेवाबाट बन्चित समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने यस कार्यक्रमको उदेश्य हो ।

यस पहल अन्तर्गत एनसेलले टेलिमेडिसिन उपकरण र सेवा प्रवाहका लागि आवश्यक कनेक्टिभिटी पूर्वाधार निर्माण गरी धुलिखेल हस्पिटललाई हस्तान्तरण गर्नेछ । यसका साथै दुई वर्षका लागि यो कार्यक्रमको संचालन गर्न आवश्यक पर्ने अन्य स्थानिय आपुर्ति र सेवाहरु खरिदका लागि एनसेलले आर्थिक सहायता पनि धुलिखेल हस्पिटललाई प्रदान गर्नेछ । धुलिखेल हस्पिटलका तर्फबाट मानव संसाधन जस्तै चिकित्सक र परामर्शदाता लगायत कार्यक्रम संचालनका लागि आवश्यक अन्य सहयोगहरु प्रदान हुनेछ । हस्पिटलले कार्यक्रमलाई सफलतापूर्वक संचालन गर्न आवधिक ट्रेनिङहरु र अनुगमन लगायतका कामहरु पनि गर्नेछ ।

साथै धुलिखेल हस्पिटलमा एनसेल, धुलिखेल हस्पिटल–काठमाडौं युनिभर्सिटी हस्पिटल टेलिमेडिसिन एण्ड हेल्थकेयर इन्फर्मेटिक्स् सेन्टर स्थापना हुनेछ । यस सेन्टरले टेलिमेडिसिन र हेल्थ इन्फर्मेटिक्स्सँग सम्बन्धित कार्यहरु तथा नवीन खोजका बारेमा निर्देश गर्नेछ ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डि चोङ र धुलिखेल हस्पिटलका निर्देशक डा. रमेश मकाजुले सोमबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यस सहकार्यबाट उत्साहित धुलिखेल हस्पिटलका निर्देशक डा. रमेश मकाजुले भन्नुभयो–‘हाम्रो भिजन भनेको नेपालमा नै यस्तो प्रकारको पहिलो हेल्थ इन्फर्मेटिक्स् सेन्टरको विकास गर्नु हो जहा“ सिक्दै, नवीन खोज गर्दै तथ्यांकमा आधारित विधि अपनाई बहुआयामिक दृष्टिकोणबाट स्वास्थ्य क्षेत्रको विकास गर्न सकियोस् । नेपालको स्वास्थ्य क्षेत्रका बारेमा एनसेलको दूरदर्शी दृष्टिकोण प्रति म कृतज्ञ छु ।’

एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डि चोङले भने–‘यो कार्यक्रम एनसेलको व्यावसायिक सामाजिक उत्तरदायित्वको फ्रेमवर्क र संयुक्त राष्ट्रसंघको दीगो विकास लक्ष्यहरु मध्येको एक भित्र पर्दछ । धुलिखेल हस्पिटलले संचालन गरिरहेको सामुदायिक स्वास्थ्य केन्द्रहरुको क्षमतामा अभिवृद्धि गर्दै डिजिटल प्रविधिको प्रयोग मार्फत विषेशतः ग्रामिण र दुर्गम क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवाको अभाव झेलिरहेका जन समुदायहरुलाई यस सहकार्यले ठूलो योगदान गर्ने हामीले आशा लिएका छौं ।’