दुई नक्कली विद्यार्थी पक्राउ

0
Shares

वीरगन्ज, (नेस) ।
पर्सा प्रहरीले सीटीईभीटीको सीएमए विषयको परीक्षामा सहभागी दुई जना नक्कली परीक्षार्थी पक्राउ गरेको छ ।

रौतहट यमुनामाई गाउँपालिका–१ जेठहरिया बस्ने २२ वर्षीय जोगेन्द्रनारायण यादव र रौतहटकै गढीमाई गाउँपालिका–६ धरमपुरका कौशलप्रसाद साहलाई प्रहरीले पक्राउ गरेको हो । साउन २५ गते बिहान पर्साको वीरगञ्ज महानगरपालिका–१५ स्थित नेसनल मेडिकल कलेजमा सिटिईभिटीको परीक्षामा अर्कै व्यक्तिको नाममा परीक्षा दिइरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार जोगेन्द्रले रौतहट गढीमाई गाउँपालिका–६ धरमपुर बस्ने छोटेलाल यादवको नाममा र कौशलले रौतहटकै रमाकान्त साहको नाममा परीक्षा दिइरहेका थिए ।