सुदूरपश्चिममा गौरा एकादशी मनाइदै


बैतडी । सुदूरपश्चिमेलीहरुको महान पर्व गौरा अन्र्तगत शनिवार आज गौरा एकादशी मनाइदैछ । गौरा उपसना गरेर दुवधागो धारण गर्ने महिलाहरुले आइतवार ब्रत उपसाना गर्नुपर्ने मान्यता रहेको सुर्नया ६ का हरिना अवस्थीले जानकारी दिनुभयो ।

गौरापर्वको ब्रत लिने महिलाहरुका लागि आज ब्रत बसेर शिवपार्वतीको पूजागर्ने चलन रही आएको छ । गौरा एकादशीको ब्रत उपासकले मात्रै गौरामा ब्रत लिन पाउने मान्यता भएकाले नयाँ ब्रतालुहरुले समेत आज उपासना गर्ने चलन रही आएको छ । गौरा एकादशीदेखि गौरा पर्व शुरुवात भएको मानिने ज्योतिष कृष्णानन्द अवस्थीले जानकारी दिनुभयो ।

भाद्र शुक्ल पक्षमा पर्ने गौरालाई उजेली र भाद्र कृष्ण पक्षमा पर्ने गौरालाई अनेरी गौरा भन्ने चलन रही आएको छ । गौरा पर्व अगामी भदौ ६ गत रहेको छ ।

पौराणिक कालमा भगवान शिव महेश्वरको प्राप्तिका लागि गौरा गौरी देवि अर्थात पार्वतीले निराहार नित्य आराधना गरि शिवको प्राप्ति भएको विश्वास गरिन्छ ।

त्यती बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झानाका रुपमा यो पर्व मनाउने परम्परा चल्दै आएको पण्डित दयाकृष्ण पन्तले बताउनुभयो । सुदूरपश्चिममा मात्रै नभएर छिमेकी देश भारतको उत्तराखण्डको कुमाउँ प्रदेशमा पनि यो पर्व धुमधामका साथ मनाउने गरिन्छ । महिलाहरुले दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुर्हतमा सामुहिक रुपमा बिरुडा धुन्छन । सप्तमीका दिन गौरा देविलाई नजिकको मठ(मन्दिरमा डालोमा स्थापना गर्ने चलन छ ।

गौरा भित्रयाएर पुजा(अर्चना गरि महिलाहरुले दुबधागो चढाउने गर्छन । गौराष्टमीका दिन व्रत बसेर महिलाहरु बिहानैदेखि गौराखलो गौरा मनाउने स्थल मा फाग गाएर पूजाआजा गर्छन । साँझ पख अभिषेक गरेर दुबधागो घाँटीमा लगाएर देविको पुजा गर्ने परम्परा रहेको पुरोहित बताउँछन् ।

सोहि दिन महिलाले प्रशादका रुपमा बिरुडा ग्रहण गरि आफ्ना घर परिवारका सदस्यको टाउकोमा पुजने र निधारमा बिरुडा थापिदिने गर्छन । महिलाले आफ्नो अटल सौभाग्य समृद्धि सन्तान र परिवारमा सुख शान्तिका लागि व्रत बसि पूजाआजा गर्ने मान्यता छ । गौरा पर्वको पहिलो दिन घर–घरमा महिलाले तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरिन्छ ।