ग्लोबल र जनता बैंकको मर्जर तोड्न भित्रैबाट दबाब

0
Shares

परिवर्तन देवकोटा, काठमाडौं ।
ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालबीचको मर्जर सहमति तोड्नका लागि दबाब सिर्जना भएको छ । यी दुई बैंकबीचको मर्जर कार्यान्वयज नगर्नका लागि बैंकभित्रैबाट दबाब सिर्जना भएको हो ।

नेपाल राष्ट्र बैंकले मर्जरका लागि निर्देशन दिएको केही समयभित्रै ग्लोबल आइएमई र जनता बैंकले मर्जर सहमति गरेका थिए । तर, मर्जर गर्दा स्वाप रेसियो नमिलेको र दुवै बैंकका अध्यक्षको व्यक्तिगत स्वार्थका कारण हतारमा मर्जरको सहमति भएको भन्दै सहमति कार्यान्वयन नगर्न जनता बैंकका सञ्चालक समितिका सदस्य र ठूला प्रोमोटर सदस्यहरूले दबाब दिएका हुन् । अहिले यी दुई बैंकको मर्जरका विषयमा किचलो भइरहेको जनता बैंक स्रोतले नेपाल समाचारपत्रलाई बताएको छ ।

मर्जरको सम्झौता गर्दा ग्लोबल आइएमई बैंकको सय रुपिया“बराबर ८५ रुपिया“को स्वाप रेसियोमा जनता बैंकलाई मर्जर गर्ने सहमति भएको थियो । अहिले यही सहमति मर्जरका लागि ‘निल्नु न ओकेल्नु’ जस्तै भएको बैंकका शेयरधनीहरुले बताएका छन् ।


बैंकको बोर्ड बैठकमा विवाद सिर्जना भइरहेको एक सञ्चालकले नेपाल समाचारपत्रलाई बताए । नाम उल्लेख नगर्न भन्दै उनले मर्जरको विषयलाई लिएर जनता बैंकको बोर्ड बैठकमा चर्काचर्की भएको बताए ।
ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैंकको अध्यक्ष केशवबहादुर रायमाझी एक हाइड्रोपावर कम्पनीका पार्टनर हुन् । उनीहरूले लम्जुङमा एउटा हाइड्रोपावर निर्माण गरिरहेका छन् । दुवैको व्यक्तिगत स्वार्थका कारण जनता बैंकलाई बलिको बोका बनाएर साना शेयर सदस्यहरुमाथि निर्णय लाद्न खोजेको आरोप असन्तुष्ट पक्षको छ ।

यता, जनता बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पर्शुराम कु“वरले भने मर्जरमा तनाव भएको स्वीकार गर्नुभएन । उहा“ले केही शेयरधनीले विरोधका लागि विरोध गरेको बताउ“दै आफुहरु हरहालतमा दुई बैंकको मर्जर गरेरै छाड्ने दाबी गर्नुभयो । उहा“ले अ“ध्यारो कोठाभित्र बसेर ढुंगा नहान्न आग्रह गर्नुभयो । उहा“ले भन्नुभयो–‘सबै कुरा राम्रो भइरहेको छ, अ“ध्यारो कोठामा बसेर मर्जरमाथि ढुंगा नहान्न साथीहरुलाई आग्रह गर्छु ।’

बैंकहरुबीचको मर्जरका लागि राष्ट्र बैंकले चालेको कदममा आफूहरू पूर्ण समर्थन जनाउने बताउ“दै उहा“ले बैंकहरूबीचको मर्जर अहिलेको आवश्यकता रहेको बताउनुभयो । उहा“ले मर्जरका लागि जनता बैंकका सबै सदस्यहरुले हस्ताक्षर गरेको बताउ“दै हस्ताक्षर सबैको आइसकेपछि असन्तुष्टिको हल्ला आउनु गलत भएको तर्क गर्नुभयो । उहा“ले भन्नुभयो–‘असन्तुष्ट पक्षहरु छलफलमा आउनुहोस्, छलफल गर्न तयार छौं ।’ उहा“का अनुसार मर्जरको सम्झौतामा ग्लोबल आइएमई बैंकका केही सदस्यहरुले हस्ताक्षर गरेका छैनन् । ‘ग्लोबल आइएमई बैंकका केही सदस्यहरुले केही कारणबस सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छैन, हाम्रो तर्फबाट भने सबै सदस्यहरुको हस्ताक्षर छ,’ उहा“ले भन्नुभयो ।

स्वाप रेसियोमा कुरा नमिलेको भन्ने कुरा तर्कसंगत नभएको बताउ“दै उहा“ले यो ड्यू डेलिजेन्स अडिट (डीडीए) अनुसार हुनेमा दुईमत नभएको स्पष्ट पार्नुभयो ।
ग्लोबल र जनता बैंकले सहमतिको चार महिनाभित्र मर्जरको सम्पूर्ण प्रक्रिया पूरा गर्ने गरी सम्झौता गरेका थिए । अहिले मर्जरको लागि विभिन्न काम भइरहेको कु“वरले बताउनुभयो । उहा“ले चाडपर्वका कारण मर्जरको प्रक्रिया एक महिना लम्बिन सक्ने भए पनि मर्जर हुनेमा विश्वस्त हुन सबैलाई आग्रह गर्नुभयो ।