प्रचार प्रसारको अभावले ओझेलमा परेको पार्वतीकुण्ड


सरस्वति न्यौपाने । जिल्लाको आमाछोदिङमो गाउँपालिका वडा नं. ३ गत्लाङमा पर्ने पार्वतीकुण्ड उचित प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ ।

स्थानिय तामाङ भाषामा आमाको अर्थ पार्वती र छोदिङमोको अर्थ जमेको ताल हो । यहि आमाछोदिङमोको नेपाली नामाकरण पार्वतीकुण्ड हो यसै नामबाट पालिकाको नाम समेत राखिएको छ । यहाँ जनैपुर्णिमाको अवसरमा ठुलो मेला लाग्ने गर्छ ।

गोसाईकुण्ड पछि दोस्रो कुण्डको रुपमा समते लिइन्छ जसरी पौराणिक कथन अनुसार भगवान शिवले कालकुट विष सेवन गरेर पानीको खोजीमा गोसाईकुण्ड मा आएको भन्ने धार्मिक मान्यता भए अनुरुप पार्वती महिनावारी भएको बेला महादेवलाई हेर्न नुहुने भएका कारण पार्वती यहाँ आएर बसेको र यहाँबाट गोसाईकुण्ड नदेखिने भएकाले पार्वती यस कुण्डमा विराजमान रहेको पुरानो बुढापाखाहरुले बताएका छन ।

यहाँ उत्तरी भेगका मानिसहरु त जान्छन नै लामा झाक्री सहित स्थानिय गित से सेले बाम्बो से गित गाउदै पार्वतीकुण्डमा जाने गर्दछन । यस कुण्डमा सन्तान नहुनेहरु पनि पुग्ने गर्छन । यस कुण्डमा बौद्ध तथा हिन्दुहरु बढी जाने गर्छन । यस जिल्लामा एक सय आठ कुण्डहरु रहेका छन । जसरी गोसाईकुण्ड जिन्दगीमा एक पटक गोसाईकुण्ड पुग्नै पर्छ भनिएको छ तर नजिकै रहेको पार्वतीकुण्डमा पनि मेला लाग्छ त्यहाँ पनि पुग्नै पर्छ भन्ने मान्यता कमै लाई छ ।

यस पार्वतीकुण्डमा पनि जनैपुर्णिमा मेला लाग्नेमा स्थानिय तामाङ पहिचान झल्किने तथा कला संस्कृति जगेर्ना गर्नेखालको कार्यक्रम गरी उचित प्रचार प्रसारका लागी स्थानिय झक्री लगाएतका स्थानियहरु मिलेर पार्वतीकुण्ड देखि नोच्ये कुण्ड सोमदाङ, पाङसाङ हुुदै गणेश हिमाल सिंङलामा हुदै जनैपुर्णिमाका दिन कुण्डमा आएर स्थानिय तामाङ भेषभुषा परम्परा झल्किने खालका संस्कृति प्रस्तुत गरिनेछ । गोसाईकुण्ड पुगेपछि एक पटक पार्वतीकुण्डको समेत दर्शन गर्न जरुरी देखिन्छ ।