३५ हजार बिरामीले सेवा लिए

0
Shares

दार्चुला, (नेस) ।
जिल्ला अस्पताल दार्चुलामा १ वर्षको अवधिमा ३५ हजार विरामीले सेवा लिएका छन् । गत आर्थिक वर्ष २०७५÷०७६ को साउन देखी हाल सम्ममा विभिन्न समयमा गरी सो संख्यामा विरामीहरुले जिल्ला अस्पतालबाट सेवा लिएको जिल्ला अस्पताल दार्चुलाका सिनियर अहेब डम्बर दत्त भट्टले जानकारी दिनुभयो ।

यो समयमा १ हजार ४४ जना विरामी अस्पतालमा ब्याड भर्ना भएका छन्, भने ३ सय ४६ जनालाई जिल्ला अस्पतालमा उपचार सम्भव नभए पछि अन्यत्रै रेफर गरिएको उहाले बताउनु भयो । एक वर्षको अवधिमा अस्पतालको ओपिडीमा १७ हजार ६ सय ६ जनाले सेवा लिएका छन् ।

जिल्ला अस्पताल दार्चुलामा ४ सय ७८ जना महिला सुरक्षित सुत्केरी भएका छन्, भने ८ जनाको शल्यक्रिया गरी बच्चा जन्माइएको उहाले बताउनु भयो । यो अवधिमा २ हजार ७ सय ८० जना अस्पतालको ईमरजेन्सीमा आई सेवा लिएको सिनियर अहेब भट्टले जानकारी दिनुभयो ।

एक वर्षको अवधिमा २ हजार ७ सय ७९ जनाको भिडियो एक्सरे, ४ सय ३२ जनाको ईसिजि, ३ हजार २ सय ८२ जनाको एक्सरे गरिएको तथा ६ हजार ३ सय ७९ जनाले ल्याब सेवा लिएको उहाले बताउनु भयो । जिल्ला अस्पताल दार्चुलामा एक वर्षको अवधिमा ३५ हजार १ सय ३४ जनाले सेवा लिएका छन् ।