पत्रकार आचार संहितामा संशोधन गरिंदै

0
Shares

काठमाडौं । प्रेस काउन्सिल नेपालले बिहीबार सञ्चारकर्मीहरुको एक भेला गर्दै पत्रकार आचार संहिता, २०७३ माथि संशोधनका क्षेत्रहरु पहिचान गर्ने प्रयास ग¥यो ।

‘मुलुक संघीयतामा गइसकेको सन्दर्भमा आचार संहिताले यस परिवर्तनलाई पहिचान गरोस् र अन्य सुधारका पक्षहरु पनि समावेश होऊन् भनेर हामीले विगत केही समयदेखि अभ्यास गरिरहेका छौं’ नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले विषय प्रवेश गर्दै भन्नुभयो, डिजिटर मिडिया वा अनलाइन खबरलाई पनि आचार संहिता अझ विस्तृत रुपमा समेटोस् र पत्रकारहरुले पत्रकारिता गर्दा मात्र होइन, सामाजिक सञ्जाल सञ्चालन गर्दा पनि आचार संहिताको पालना गरुन् भन्ने सोचले पत्रकार आचार संहिता, २०७३ मा संशोधन आवश्यक रहेको महसुश गरिएको छ ।

पत्रकार आचार संहिता नेपाल पत्रकार महासंघको सहकार्यमा प्रेस काउन्सिल नेपालले जारी गर्दैआएको छ । काउन्सिलले आगामी असोज ६ गते मनाउने आफ्नो ५०औं वार्षिकोत्सवमा संशोधनसहितको आचारसंहिता घोषणा गर्ने तयारीका साथ कार्य गर्दैछ ।

भेलामा प्रेस काउन्सिलका मुख्य अधिकृ झविन्द्र भुसालले संकलित सुझावका विषयमा प्रकाश पारेपछि संस्थाका सदस्यहरु र सञ्चार क्षेत्रका विज्ञ एवम् पत्रकारहरुले संशोधनका लागि आवश्यक पक्षहरुका बारेमा आ–आफ्नो धारणा राखेका थिए ।