त्रिशुलीमा बस खस्यो, ३ को मृत्यु, १२ घाइते

0
Shares

काठमाडौं । सर्लाहीबाट काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खसेको छ ।

शुक्रबार बिहान ना६ख७४६९ नम्बरको बस धादिङको सलाङघाटबाट त्रिशुली नदीमा खसेको हो ।

दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रहरी र स्थानीय उद्दार कार्यमा जुटेको बताइएको छ । मृतकको संख्या बढ्न सक्ने प्रहरीको भनाइ छ ।