माइतीघर नजिकै शंकास्पद वस्तु फेला

0
Shares

काठमाडौं । राजधानीको माइतीघर नजिकै शंकास्पद बस्तु फेला परेको छ । सेन्ट जेभियर कजेल नजिकै बम जस्तै देखिने शंकास्पद बस्तु फेला परेको परेपछि सेनाको बम डिस्पोज टोली घटनास्थल पुगिसकेको महानगरीय प्रहरी बृत सिंहदरबारका डिएसपी कौशल बुढाथोकीले जानकारी दिए ।

डिएसपी बुढाथोकीले भने, ‘शंकास्पद वस्तु भेटिएको खबर छ । बम नै हो भन्ने पुष्टि भइसकेको छै न। सेनाको टोलीले डिस्पोज गरेपछि मात्रे थाहा हुनेछ ।’ माइती घर नजिकै शंकास्पद बस्तु फेला परेपछि सो रुट भएर चल्ने यातायात प्रभावित भएको छ ।