भारतीय मलको तस्करी बढ्यो

0
Shares

पुष्पा थापा, सर्लाही । कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले किसानलाइ सहजरूपमा रासायनिक मल वितरण गर्न नसकेपछि सर्लाहीमा भारतीय मलको तस्करी बढेको छ ।

धान र उखु बाली गोडमेल गरेर मल हाल्नु पर्ने बेलामा यसरी रसायनीक मलको सहज आपूर्ति नहुदा धान र उखुको उत्पादन घट्ने किसानहरुले गुनासो गरेका छन । कृषि सामग्री कम्पनी लिमिटेड मलंगवा शाखा र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले जिल्लामा रहेका १ सय ५० सहकारी संस्थालाई रासायनिक मल उपलब्द गराउदै आएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेड मलंगवाले अहिले प्रति सहकारीलाइ २० बोराको दरले युरिया वितरण गरिरहेको छ भने त्यसकै हाराहारीमा साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले पनि मल वितरण गरिरहेको छ।खेतीको मुख्य समयमा सहज मल नपाएपछि तस्करीसँग प्रति बोरा १२ सयका दरले मल खरिद गर्नु परेको मुर्तियाका किसान महेश्वर कार्कीले गुनासो गर्नुभयो।

सर्लाहीमा किसानलाइ सहज मल पुयाउन ९० हजार बोरा युरिया मल अथवा पाँच हजार मेक्ट्रिन मल आवश्यता पर्ने कृषि सामग्री कम्पनी लिमिटेड मलंगवा शाखाका प्रमुख बज्रमणी लामाले जानकारी दिनुभयो। कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले स्थानीय सहकारी संस्थालाई प्रति बोरा ७ सय ५० का युरिया मल उपलब्द गराउदै आएको छ।

त्यसरी सहकारी संस्थाबाट उपलब्द गराइको मल किसानलाइ प्रति बोरा नौ सय भन्दा बढीमा बिक्री गर्न नपाइने प्रमुख लामाको भनाइ छ।किसानलाइ मलको चरम अभाव भएपछि तस्करीले भित्र्याएको भारतीय युरिया मल यहाका व्यापारी र सहकारी संचालकले प्रति बोरा ११५० रुपैयाका दरले किसानलाइ बिक्री गर्ने गरेका छन ।

सर्लाहीमा रासायनिक मलको चरम अभाव भएपछि किसान एक वोरा युरिया मलको १२ सय तिर्न बाध्य भएका छन। यही मौका छोपेर केही सिमा नाकामा खटिएका सशस्त्र प्रहरी देखि सहकारी संस्थाका संचालकहरु मकाउमा लागेका छन। ३५० रुपैया पर्ने भारतीय रसायनिक युरिया मल अहिले ११५० का दरले प्रति बोरा बिक्री हुदा समेत प्रशासन मौन बसेको छ ।

कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले सहकारी संस्था मार्फत किसानलाइ पठाएको मल बिच बाटोबाटै सहकारीका संचालकले महङगोमा बिक्री गरेर रसायनिक मलको कृत्रिक अभाव र्सिजना गर्न खोजेको दशनामी कृषि सहकारी संस्था हरियाका अध्यक्ष महेश बरालले बताउनुभयो। नेपाली रासायनिक मलको चरम अभाव भएपछि धेरै किसान मल लिन यतीबेला भारतीय बजारमा पुग्ने गरेका छन।

नेपाली किसानले त्याबाट नेपाल मल ल्याउदा शसस्त्र प्रहरीले सिमामा दुखः दिएर र किसानसँग प्रति बोरा २० रुपैया लिने गरेको गौढैता नगरपालिका १ बगदहका किसान बद्री राय यादवले गुनासो गर्नुभयो। रामनगर गाँउपालिका ४ का संजिव राउत भन्नुहुन्छ धान र उखुमा हाल्न छैन, समयमा मलखाद हाल्ने नपाएपछि कसरी धान फल्छ ? मल लिन पारी गयो भने पुलिसले २० देखि ५० रुपैया एक बोरा मलको पैसा माग्छ, नराम्रो गाली पनि दिन्छ, यस धान नफल्ने भयो। किसान गाउ घरमा रहेका सहकारी संस्थामा मल लिन दैनिक आइपुगे गरेपनि मल नपाएपछि निराश हुदै रित्तो हात फर्किने गरेका छन्।

खेतीको समयमा मलको अभाव भएपछि तस्करहरु सिमा सुरक्षमा खटिएका सशस्त्र प्रहरीसँगको सेटीङमा भारतीय मल पास गराउने गरेको स्थानीले दाबी छ । गडैयाका किसान जयलाल साह भन्नुहुन्छ( हामी किसानले दुइ बोरा मल ल्याउदा प्रहरीले बोरा खोल्न लगाउछ, दिन रात ट्याक्टरमा मल ल्याउने तस्कारलाइ केही गर्दैन, प्रहरीलाई उनीहरुले महिनावारी पैसा दिने गरेका छन्। जिल्लाको अधिकांस भारतसँग सिमा जोडिएका सडकबाट दिनभरि मोटरसाइकल र रातभरि ट्याक्टरमा मल भित्रिने गरेका छन। सर्लाहीमा रसायनिक मलको अभावबारे जानकारी नभएको सर्लाहीका प्रमुख जिल्ला मोहनबहादुर जिसीको भनाइ छ।