विप्लवका सुर्खेत जिल्ला कमिटी सदस्य पक्राउ


काठमाडौँ । नेत्र विक्रम चन्द (विप्लव) नेकपाका सुर्खेत जिल्ला कमिटी सदस्य पक्राउ परेका छन्। सुर्खेतको बराहताल गाउँपालिका ९ निवासी विप्लवका जिल्ला कमिटी सदस्य ५१ वर्षका हिरालाल सुनारलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सुनार पार्टीको दस्ताबेजसहित बराहताल १० बाट सोमबार साँझ पक्राउ परेका छन् ।

पक्राउ परेका सुनारमाथि थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।