बलात्कार गरेको आरोपमा १ पक्राउ


विमल विष्ट, डोटी । डोटीमा महिला बलात्कार गरेको आरोपमा ईलाका प्रहरी कार्यालय दिपायलले एकजना युवकलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दिपायलले दिएको जानकारी अनुसार जिल्लाको दिपायल सिलगढी नगरपालिका वडान.३ बस्ने ३१ वर्षीय मधु माझीले पिपल्लामा रहेकी बोल्न नसक्ने अपाङ्गता भएकी ५४ वर्षीया एक महिला लाई जवरजस्ती बलात्कार गरेको ओपमा पक्राउ परेका छन् ।

पक्राउ परेका माझी बिरुद्ध जिल्ला प्रहरी कार्यालय डोटीमा निज महिलाकी आमाले उजुरी दिएपछि पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय दिपायलका प्रमुख कमलापती पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, “जवरजस्ती बलात्कार गरेको उजुरी परेपछि पक्राउ गरेका छौँ,अवस्या अनुसन्धान भैरहेको छ ।”

निज माझीले मादक पर्दाथ सेवनगरी अपाङ्गता भएकी निज महिला महिनावारी भएको बेला उनकै घरमा राती पसेर जवरजस्ती बलात्कार गरेको आरोप लागेको छ । महिलाको तल्लो शरिरबाट खुन बगीरहेपछि उनले आफनी आमालाई घटनाबारे भनेपछि यो घटना बाहिर आएको हो । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा महिला महिनावारी भएकै बेला एक्लै बस्ने भएकाले यस्ता बलात्कारका घटना हुदै आएका छन् ।