यूरोपका एनआरआइसँग राखीको बिहे


बलिउडकी आइटम गर्ल राखी सावन्तको विवाह भएको खबरले मिडियामा निकै चर्चा कमायो । विवाहका तस्विरहर बाहिर आएपनि कोसँग विवाह भएको हो भन्ने कसैले थाहा नदिएर राखीले गोप्य रुपमा विवाह गरेकी थिइन् ।

गोप्य रुपमा विवाह गरेकी राखीका श्रीमान् को हुन् भन्ने कुराको खुलासा भइसकेको छ । आइटम गर्ल राखीले युरोपमा बसेर व्यापार गर्दे आएका ३६ वर्षीय एनआरआइ रितेशसँग विवाह गरेकी हुन् । जुलाई २९ मा उनीहरुले ५ तारे होटलमा हिन्दु र इशाई दुबै संस्कारबाट विवाहगरेका थिए ।

विवाहमा राखीका परिवार र आफन्त मात्र उपस्थित थिए । यसका साथै उनीहरुले कोर्ट म्यारिज पनि गरिसकेको खबर बाहिर आएको छ ।