२४ तोला सुनसहित २ पक्राउ


धादिङ । बेनिघाटबाट २४ तोला सुनसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका २ क्षेत्रपुर बस्ने ३३ वर्षीय सन्तोष बस्नेत र नवलपरासी मध्यबिन्दु नगरपालिका ७ बस्ने ३५ वर्षीय गोकुलमान श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको ना ५८ प ६५५३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा बेनिघाट रोराङ गाउँपालिका ९ मझिमटारबाट पाँच वटा टुक्रामा रहेको सुनसहित उनीहरु पक्राउ परेको छन् ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।