खोलामा नुहाउन गएका श्रेष्ठको डुबेर मृत्यु


उदयपुर। उदयपुरको त्रियुगा खोलामा नुहाउन गएका एक वृद्धको डुबेर मृत्यु भएको छ । मंगलबार बिहान गर्मी भएपछि खोलामा नुहाउन गएका त्रियुगा नगरपालिका ६ का ६४ वर्षीय नीरबहादुर श्रेष्ठको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जलजले शुकौरा सडकखण्डअन्र्तगत त्रियुगा खोलाको २ नम्बर पुल नजिक नुहाउने क्रममा श्रेष्ठको पानीमा डुबेर मृत्यु भएको छ ।