एसएलआरको ३ राउन्ड गोलीसहित १ पक्राउ


काठमाडौं । एसएलआरको ३ राउन्ड गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । नवलपरासी (पश्चिम) को रामग्राम नगरपालिका ५ वाईपास चोकबाट एसएलआरको ३ राउन्ड गोलीसहित कपिलवस्तु साविक पतहरिया गाविस ७ सौसा बस्ने २२ वर्षीय महेश थारु पक्राउ परेको प्रहरीले जनाएको छ ।

भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको लु२ ख ३१९ नम्बरको ट्रक जाँच गर्दा ट्रकका सहचालक थारुले पुरानो कपडामा लुकाइराखेको अवस्थामा गोली बरामद गरिएको हो ।

यसबारे थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।