अज्ञात समूहको कुटपिटबाट दिदीबहिनी घाइते


बझाङ । अज्ञात समूहको कुटपिटले बझाङमा दुर्ई दिदिबहिनी घाइते भएका छन् । थलारा गाउँपालिका ५ हाट घर भएकी विमला खातीलाई अज्ञात समूहले मरणासन्न हुनेगरी कुटपिट गरी गरगहना लुटेको प्रहरीले जनाएको छ ।

कुटपिटबाट विमलाको घाँटी टाउको र अन्य शरीरमा गम्भीर चोट लागेको छ भने विमलालाई पुर्‍याउन साथमा गएकी उनकी १३ वर्षीया बहिनी सुलोचनालालाई पनि लुटेराले कुटपिट गरी घाइते बनाएका छन् ।

सोमबार साँझ माइती झोताबाट घर आउँदै गरेकि खातीलाई थलारा गाउँपालिका ३ कुच र सडिल गाउँ बीचको खोलामा ४र५ जनाको समूहमा रहेका केटाहरुले कुटपिट गरी गहना लुटेर भागेको प्रहरीले जानकारी दिएको छ । घाइते दिदिबहिनीलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।

लुटेराहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।