विप्लव समूहका ३ नेता पक्राउ


काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेकपाका केन्द्रीय सदस्यसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा केन्द्रीय सदस्य डम्बरबहादुर गुरुङ, वैकल्पिक केन्द्रीय सदस्य मकर गुरुङ र उमा गुरुङरहेको पहरीले जनाएको छ ।

पक्राउ परेका डम्बरबहादुर गुरुङलाई पार्टीले निष्कासन गरेको भनिए पनि त्यसको आधिकारिक पुष्टि हुन भने सकेको छैन। त्यस्तै उमाको हाल पार्टीको हैसियत खुलेको छैन। पार्टीको रणनीति बनाउने क्रममा काठमाडौंको बत्तीसपुतलीबाट उनीहरु पक्राउ परेको छन् ।

पक्राउ परेका तीनैजनामाथि थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।