अहिंसाका लागि भागवत साक्षी राखेर सपथ

94
Shares

मोतीराम तिमल्सिना, काभ्रे । पशुपति अन्नपूर्णा आश्रम अन्तराष्ट्रिय समितिका अध्यक्ष प्रा.डा जगदिश बैद्यले मुलुक अहिंसा तर्फ उन्मुख भएकाले सबै नेपालीहरु अंहिसाबादी हुनु पर्ने बताएका छन् ।

धनेश्वर मन्दिर परिसरमा धनेश्वर महादेव आधारभुत विद्यालयको भवन पुर्ननिर्माणका लागि आयोजित सप्ताह ज्ञानमहायज्ञको उद्घाटन कार्यक्रममा बैद्यले विद्यालयको भवन निर्माणका लागि आश्रमको तर्फबाट यथेश्ट सहयोग पुर्याउने बताए । सोहि अवसरमा सप्ताह ज्ञानमहायज्ञ आयोजक समितिका अध्यक्ष अनिरुद्र थापा, सल्लाहकारहरु सहकुल थापा, पवन थापा र गोविन्द थापालाई भागवतकोे साक्षि राखी अहिंसाबादी बन्न सपथ गराईएको छ ।

‘हामी चारजना अब कहिल्यै मादक पदार्थ तथा मासु सेवन गर्दैनौ’–प्रतिवद्धता पछि अध्यक्ष अनिरुद्र थापाले भने–‘समाज रुपान्तरणमा पशुपक्षिंको अहिंसा, मांसहारीबाट शाहाकारी हुँदै सबैमा चेतना फैलाउने छौं ।’ भागवतको साथ राखेर गरिएको प्रतिवद्धता पुरा हुने विश्वास लिएको उनले बताए । विद्यालयको भवन निर्माणका लागि अनिरुद्र थापाले निरन्तर प्रयास गरिरहेका छन् ।

पशुपति अन्नपूर्णा आश्रमले नेपालभर रहेका ७४ वटा बेदविद्याश्रम, नेपालका १ सय ५० वटा भन्दा धर विद्यालयमा खाद्यान्न, लत्ताकपडा अन्य भौतिक समाना र शैक्षिक सामाग्री प्रदान गरेको छ । त्यसको अलावा त्रिवी प्राङ्गणमा सरस्वतीको मुर्ति र पञ्चधातुको नेपाली कलात्मक ५१ किलोको १– १ थान घण्ट प्रदान गरेको छ । सरकारी विद्यालयमा १ सय ८ वटा सरस्वतीको मूर्ति, १०८ घण्ट प्रदान गरिएको छ । अध्यक्ष प्रा.डा. जगदिश बैद्यले २०३५५ साल बैेशाख ३ गते देखि बुढानिलकण्ठ विद्यालयमा प्रत्येक महिनाको १ गते मासिक १० हजार हस्तान्तरण गर्दै आएका छन् भने २०५० सालमा दैविप्रकोप बाढिपहिरोको कुल राहतको ६० प्रतिशत राहत राष्ट्रलाई जम्मा गरी सहयोग पुर्याएका थिए ।

सप्ताह ज्ञान महायज्ञमा प्रदेश सभा सदस्य बसुन्धरा हुमाागाईले सामुदायिक विद्यालयको गुणस्तर सुधार्न र स्थायीत्वका लागि अभिभावक र शिक्षक जिम्मेवार बन्नु पर्ने बताए । पनौती नगरपालिकाका नगर प्रमुख भिम न्यौपानेले शिक्षाको जिम्मेवारी स्थानीय सरकारको पनि भएकाले जिम्मेवारी लिने बताए । पुर्व सह सचिव एवं आश्रमका उपाध्यक्ष लवप्रसाद त्रिपाठी, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिना, बेलर इन्टरनेशनल स्कुलका पवन थापा, जनजाति पत्रकार महासंघ काठमाडौ शाखाका अध्यक्ष राज्यलक्ष्मी श्रेष्ठ, सप्ताह ज्ञान महायज्ञका उपाध्यक्ष कुमार थापा लगायतले स्थानीय स्तरमा भएका समस्या र सप्ताह ज्ञान महायज्ञको सफलताको लागि सबैको सहयोग आवश्यक रहेको बताएका थिए ।

बन्द विद्यालय संचालन

विद्यालय स्थापनाको चार दशक पुग्दा पूर्ण रुपमा बन्द भएको धनेश्वर महादेव प्रावी पुनः संचालनमा आएको छ । संचालनमा आएको चार महिनामै विद्यालयले धार्मिक कार्य सप्ताह मार्फत पुर्ननिर्माणको संकल्प लिएको छ । २०३३ साल माघ १८ गते धनेश्वर मन्दिरको छेउमै स्थापना भएको विद्यालय हो धनेश्वर प्रावी । शुरु शुरुमा विद्यालयमा विद्यार्थीहरुको संख्या अटाई नअटाई थियो ।

नीजि विद्यालयको प्रभाव र सामुदायिक विद्यालय प्रति शिक्षक विद्यार्थी, अभिभावक सबैको वेवास्ताका कारण २०६७ साल देखि विद्यालय बन्द जस्तै रह्यो । २/३ जना विद्यार्थीलाई पढाएर शिक्षकहरुले दैनीकी गुर्जान थालेको अवस्था थियो । २०७२ सालको भुकम्पसम्म त्यस्तै अवस्था रह्यो । २०७४ श्रावण १ गतेबाट तत्कालिन शिक्षा कार्यालय धुलिखेलले उक्त विद्यालयलाई खारेजीमा पा¥यो । त्यहाँ कार्यरत शिक्षकलाई अन्यत्र ब्यवस्थापन ग¥यो । स्थानीयहरुलाई त्यसको पीडा मनमनै गढ्यो तर पनि गर्न सक्ने अवस्था केहि थिएन । विद्यालयको आफ्नै दुईवटा ब्लक थिए । विद्यालयकै नाममा २ रोपनी १४ आना जमिन छ । अरु सार्वजनिक जमिन केहि अतिक्रमणमा परेको छ ।

स्थानीयहरुले जग्गा अतिक्रमण गरी ब्यक्तिगत संरचना निर्माण गर्नेलाई कारवाहीको माग गरेका छन् । पहिलो चरणमा स्थानीय युवाहरुले बन्द भएको विद्यालय खोल्ने साहस गरे । २०७६ सालको बैशाख महिनामा स्थानीय बुद्धिजीवीहरुको सल्लाह र सहयोगमा युवा अनिरुद्र थापाको पहलमा विद्यालय ब्यवस्थापन समिति गठन भयो । पनौती नगरपालिका वडा नम्वर ५ मा पर्ने उक्त विद्यालय बनेपा नगरपालिका वडा नम्वर ११ को सिमानामा छ ।

 

स्थानीयहरुको सहयोगमा उनै अनिरुद्र थापा सहितको टोली घर घर पुग्यो र पहिलो वर्षमै ४३ जना बालबालिकाहरुलाई विद्यालयमा भर्ना गर्न सफल भयो । पूर्ण रुपमा बन्द भई भवनहरु क्षतविक्षत भएको अवस्थामा झण्डै ५ लाख रुपैया खर्च गरेर मर्मत सम्भार भयो । पनौती नगरपालिकाले एक जना शिक्षकको ब्यवस्थापन गरिदियो । बाँकी शिक्षक र सहयोगी स्थानीयहरुले ब्यवस्थापन गरेका छन् । पहिलो महिनाको तलब दिए पनि बाँकी पारिश्रमीक दिन सकिएको छैन । तर पनि विद्यालयको अध्ययनलाई प्रभावित पार्न दिईएको छैन ।

दशैमा एकै पटक सबै पारिश्रमीक दिने गरी ब्यवस्थापन समितिले पहल गरिरहेको अध्यक्ष अनिरुद्र थापाले बताए । आगामी वर्ष विद्यार्थीसंख्या दोब्बर बनाउँदै शैक्षिक गुणस्तर बृद्धी गर्ने अभियानमा स्थानीयहरु जुटेका छन् । अंग्रेजी माध्यममा पढाई हुने उक्त विद्यालयमा भर्ना भएका विद्यार्थीहरुलाई सबै प्रकारका सेवा निशुल्क प्रदान गरिएको छ । विद्यार्थीहरुलाई पोशाक मात्रै नभई खाजा, शैक्षिक सामाग्री र पुस्तकहरु निशुल्क उपलब्ध गराईएको छ । आगामी वर्ष देखि एसओएस बालग्रामले पनि सहयोग गर्ने चासो ब्यक्त गरेको अध्यक्ष थापाले बताए ।