सर्प पुजन कृषकका लागि

0
Shares

टीका बन्धन, काठमाडौं । सोमबार श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमी । यस अवसरमा नागको पूजा गर्दै र घरका मूल ढोका आसपासमा नागका तस्वीर टाँसियो, यो प्रचलन युगौँ पुरानो हो ।

यस्तो पूजा–आजा गर्दा नाग, सर्प, विच्छीलगायत अन्य जीवजन्तुले दुःख नदिने, घरमा आगो र चट्याङको भय नहुने जनविश्वास छ । विज्ञ भने पर्यावरणचक्रलाई सन्तुलनमा राख्न सर्पको भूमिका महत्वपूर्ण हुने बताउँछन् ।

सर्पविद् करणबहादुर शाह भन्नुहुन्छ–‘सर्पका प्रजाती भएनन् भने प्रत्यक्ष/अप्रत्यक्ष रुपमा प्रकृतिको खाद्यचक्र र पारिस्थितक प्रणाली प्रभावित हुनसक्छ, जिवजन्तुको संख्या सन्तुलनमा राख्न पनि सर्पको भूमिका उत्तिकै महत्वपूर्ण छ ।’

घर, खेतबारीमा बढ्ने मुसा र बालीनाली नष्ट गर्ने अन्य जीवजन्तुलाई आहरा बनाउने भएकाले सर्पलाई अग्रजले ‘कृषकको साथी’ को उपमा दिएका उहाँको बुझाइ छ । सर्पले सर्पलाई नै आहरा बनाउने भएकाले खेतबारी र अन्यत्र यस्ता जन्तुको उपस्थिति नियन्त्रणमा सघाउ पुगिरहेको शाहले बताउनुभयो ।

उहाँले अझ प्रष्ट्याउँदै भन्नुभयो–‘सर्पका सबै प्रजाति शाकाहारी नै हुन्छन्, भ्यागुतासहित साना–ठूला पन्छी र जिवजन्तु यो जन्तुका आहरा हुन्, यसको अल्पकालिन वा दीर्घकालिन लाभ भने मानवजातीले नै लिइरहेको हुन्छ ।’

विज्ञहरुका अनुसार विश्वमा पाँच हजार भन्दा बढी र नेपालमा ८१ प्रजातीका सर्प अभिलेख भएको छ । समुद्र सतहदेखि नेपालको पाँच हजार मिटर उचाई हाराहारीमा सर्पका प्रजाती फेला परेका छन् ।

नेपालमा फेला परेकामध्ये राजगोमन, करेत, मुगा, बागेसापसहित १८ प्रजातीका सर्प निकै विषालु मानिन्छन् । सबैभन्दा विषालु मानिएको राजगोमन तराईदेखि दुई हजार पाँचसय मिटर उचाई हाराहारीमा रहेन अभिलेखमा उल्लेख छ । १८ बाहेकका प्रजाती तुलनात्मक रुपमा कम विषालु ठहरिएकाले अन्यले आक्रमण गर्दा व्यक्तिको मृत्यु हुने संभावना कम हुने शाहको तर्क छ ।

राजगोमनको मुख्य आहरा सर्प नै भएकाले मानवीय गतिविधी हुने भेगमा विषालु र अन्य सर्पको उपस्थिती घटाउन सहयोग पु¥याइरहेको उहाँले बताउनुभयो ।

‘केहीले यसको महत्व बुझे पनि धेरैलाई बुझाउन सकिएको छैन, कोही त जानाजान सर्पलाई आक्रमण गर्ने र बासस्थानमा बाधा–अवरोध पुर्याइरहन्छन्’–शाहले भन्नुभयो ।