दुई नायव सुब्बासहित चार जना घुससहित पक्राउ

0
Shares

काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पचास हजार घुससहित नायव सुब्बालाई पक्राउ गरेको छ । आयोगको टङ्गालबाट खटिएको टोलीले भक्तपुर, दिब्येश्वरी जग्गा अधिकरण आयोजनामा कार्यरत नायव सुब्बा देउमान कडरियालाई रंगेहात पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

उनले जग्गाको लालपुर्जा बनाईदिने सेवाग्राहीसँग घुस माग गरिरहेको सूचनाका आधारमा काठमाडौँ, पेप्सीकोलाको दाजुभाई सेकुवाघरबाट पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान भईरहेको छ ।

यस्तै आयोगले मालपोत कार्यालय टीकापुर कैलालीका नायव सुब्बा सिहबहादुर कुँवर र खरिदार नर राज पाण्डेलाई पक्राउ गरेको छ । उनीहरुलाई लम्की चुहा नगरपालिका र जानकी गाँउपालिका स्थित जमिनको हराएको लालपुर्जाको सम्पूर्ण कागजात तयार गरी प्रतिलीपि बनाउनका लागि जग्गा नाप जाँच गरिदिए बापत सेवाग्राहीसँग घुस माग गरेको आयोगका प्रवक्ता कोइरालाले बताउनुभयो । उहाँका अनुसार उनीहरुलाई आठ हजार घुस लिईसकेको अवस्थामा कञ्चनपुरबाट खटिई गएको टोलीले लम्कीको व्यवस्थित नगरबाट पक्राउ गरेको हो ।

उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, हेटौंडा मकवानपुरका अधिकृत चन्दनकुमार अमात्यलाई पनि आयोगले घुसहित पक्राउ गरेको छ । अमात्यले उद्योग दर्ता गर्न आईई प्रतिवेदन स्वीकृत गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरिरहेको सूचनाका आधारमा आयोगको हेटौंडा मकवानपुरबाट खटिई गएको टोलीले पचास हजार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको आयोयका प्रवक्ता कोइरालाले जानकारी दिनुभयने । उहाँका अनुसार यसबारे थप अनुसन्धान भईरहेको छ ।