सरकारले अलोकतान्त्रिक काम गर्न थालेकाे देउवाकाे दावी

0
Shares

अमृत अर्याल, स्याङजा ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अलोकतान्त्रिक काम गर्न थालेको बताउनुभयो । संबिधानसभा सदस्य एवं नेपाली कांग्रेस स्याङ्जाका सभापति कमलप्रसाद पंगेनीको प्रथम बार्षिक स्मृति सभालाई पंगेनीको भीरकोटमा सोमबार सम्बोधन गर्दे सभापति देउवाले लोकतान्त्रिक ब्यवस्था, वाक स्वतन्त्रता र मानवअधिकारका पक्षमा नेपाली कांग्रेस बिचलित हन नहुने बताउनुभयो ।

लोकतान्त्रिक संबिधान निर्माण गर्नु र जिल्ल्लाका विकासका लागि समेत महत्वपूर्ण योगदान पुरयाउनु भएका पंगेनीका अधुरा कार्य पुरा गर्न सके मात्र पंगेनीप्रति सच्चा श्रद्धान्जली हुने देउवाको भनाई छ । नागरिकका मौलिक हकको रक्षा गर्दै राष्ट्र हित विपरित भएका गतिविधि रोक्न नेपाली कांग्रेसले आवाज उठाउन पछि हट्ने छैन सभापति देउवाले भन्नुभयो ।

कार्यक्रममा पूर्वउपसभापति एवं पूर्व उपप्रधानमन्त्री र केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, केन्द्रीय सदस्य द्धय धनराज गुरुङ र गगनकुमार थापा, गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र न्यौपाने, रुपन्देहीका सभापति अब्बद’ल रजाक, कास्कीका सभापति कृष्ण केसी, पुर्व सांसद खगेन्द्रराज रेग्मी, पुर्व सांसद शंकरप्रसाद पाण्डे, नेता रामचन्द्र पोख्रेल, संविधान सभा सदस्यहरु मोहनप्रसाद पाण्डे, शारदा पौडेल, राजु थापा, प्रदेश संसदीय दलका उपनेता मेखलाल श्रेष्ठ, नेकपाका नेता सन्तोष केसी, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष राजेन्द्र गैह्रे, भीरकोट नगरप्रमुख छायाराम खनाल, नेपाल महिला संघकी केन्द्रिय उपाध्यक्ष सरस्वती अर्याल, क्षेत्रीय सभापति द्धय तुलसीराम रेग्मी र अर्जुनप्रकाश अर्याल, स्व.पंगेनीकी छोरी कान्ती पंगेनी, स्मारीका संयोजक जिवलाल काफ्ले, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा लगायतले पंगेनीको चर्चा गर्दै पंगेनी पंगेनीका अधुरा सपना पुरा गर्ने प्रतिवद्धता जनाउदै कांग्रेस एकढिक्का हुनुको बिकल्प नरहेकोमा जोड दिनुभयो ।

सो अवसरमा सभापति देउवाले नेपाली कांग्रेसद्धारा प्रकाशित पंगेनी स्मारिका विमोचन गरीएको छ । कागे्रस जिल्ला कार्यबहाक सभापति कुमार रानाको सभापतित्वमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष प्रेमराज पौडेलले स्वागत एवं प्रवक्ता इन्द्रबहादुर गोदारले संचालन गर्नुभएको थियो ।