सवारी दुर्घटनामा नाबालकसहित तीनको मृत्यु

0
Shares

ईन्द्र गिरी, संखुवासभा । संखुवासभा जिल्लामा आज छुटा छुटै घटनामा परि एक नाबालक सहित ३ जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा ट्रकको ठक्कर, खोलामा डुवेर र भिरबाट लडेर मृत्यू भएको प्रहरीले जनाएको छ ।

खादवारी ९ स्थित सभाखोलामा पौडी खेल्ने क्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय काठमाण्डौमा कार्यरत शाखा अधिकृत ४० वर्षिय ऋषिकेश निरौलाको मृत्यू भएको छ । उनको आज सोमवार दिउसो सभाखोलामा पौडी खेल्ने क्रममा डुवेर मृत्यू भएको हो ।

दुई दिन अगाडी घर विदामा संखुवासभा खादवारी आई पुगेका निरौला आफना भाई विकास, बैनि अनिता र भान्जी रिजुता संग सभाखोला डुल्न गएका थिए । सभाखोलामा डुल्न गएका र पौडी खेल्ने क्रममा मृतक ऋषिकेश निरौला डुवे पछि निकाल्न जादा बैनि अनिता र भान्जी रिजुुता पनि डुवेकामा उनिहरुलाई भने तत्कालै स्थानियवासीको सहायताले खोलाबाट निकाल्न सफल भएका थिए ।

खोलाबाट गंभिर अवस्थामा स्थानियवासीले निकालेका बैनि अनिता र भान्जी रिजुुता लाई तत्कालै मनकामना हस्पिटलमा उपचारमा भर्ना गरिएको आफन्तले जनाएका छन । अहिले उनिहरुको अवस्था सुधार उन्मुख रहेको प्रहरीले जनाएको छ ।

त्यसै गरि जिल्लाको धर्मदेबी ३ मुडेबजारमा सोममावर विहान मालबाहक ट्रकको ठंकरबाट ४ वर्षिय नाबालक आदित्य अधिकारीको मृत्यू भएको छ । उनको मुडेबजार नजिक शिवालय मन्दिरबाट आमा रिता अधिकारी संगै पुजा गरि फर्कदा सडक छेउमा बालकलाई ट्रकले ठंक्कर दिएको थियो ।

सुनसरीको ईटहरीबाट खादवारी तर्फ गएको ना. ४ ख. २९०० नंम्वरको ट्रकको ठंक्कर बाट बालकको घटना स्थलमै मृत्यू भएको र अहिले प्रहरीले चालक प्रेम मगरलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

त्यसै गरि संखुवासभाको मकालु गाउँपालिका–३ मा भीरबाट लडेर एक जनाको मृत्यू भएको छ । मृत्यूु हुनेमा मकाल–३ एकुवा बस्ने ६२ बर्षीय घले शेर्पाको भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

आईतवार दिउसो कृर्षिका सामाग्री हसिया बनाउन गएका शेर्पा घर नफर्के पछि आफन्तले खोजि गर्ने क्रममा महाभीर भन्ने ठाउमा आज सोमवार मृत अवस्थामा उनलाई फेला पारेर प्रहरीलाई खवर गरेका थिए । उनको टाउको र छाती ठुलो चोट रहेको र उनको घटना स्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ ।