पहिरोमा परी एकको मृत्यु, लाखौँ धनमाल नष्ट

0
Shares

धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिमको आठबिसकोट–१३ घेत्मामा पहिरोमा पुरिएर एकको मृत्तु भएको छ । सोहि ठाउँकी ४० वर्षीया बिर्मी कामीको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
पिठो पिध्नका लागि घट्ट गएको बेला माथिबाट आएको पहिरोले उहाँलाई पुरेको स्थानीयले जानकारी दिएका छन् ।

यसैगरी सोहि ठाँउका ९ घर पहिरोको उच्च जोखिममा रहेको स्थानीयले भिमबहादुर थापाले बताउनुभयो । पहिरोले मकैबाली र धानवाली नष्ट भएको तथा १३ घरधुरीको ३० लाख जतिको जग्गा पहिरोले बगाएको उहाँले बताउनुभयो ।

उच्च जोखिममा रहेका घरहरुलाई उचित ठाँउमा सार्नका लागि सरकारले पहल गर्नुपर्ने स्थानीयले बताएका छन् ।