रेलिङ भत्किँदा १२ जना घाइते

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।
पर्साको दुग्धेश्वर महादेव मन्दिरको रेलिङ भत्किँदा १२ जना घाईते भएका छन् । पर्सा राष्ट्रिय निकुञ्जको मध्येभागमा पर्ने दुग्धेश्वर महादेव मन्दिर ‘रामभौरी भाठा’मा बनाईएको रेलिङ भत्किँदा मन्दिरमा जल चढाउन गएका तिर्थालुहरु घाईते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक आशिस अधिकारीले जानकारी दिनुभयो ।

हरेक वर्ष साउन महिनामा दुग्धेश्वर महादेव मन्दिरमा जल चढाउन नेपाल तथा भारतबाट दैनिक हजारौँ श्रद्धालुहरु आउने गर्दछन् ।घाईते हुनेहरुको पहिचान खुल्न नसकेको प्रहरीले बताएको छ । उनिहरु मध्ये दुईको वीरगन्जमा र अन्यको स्थानिय स्वास्थ्य संस्थाहरुमा उपचार भैरहेको छ ।