वर्षाले दुर्घटनाको जोखिम

0
Shares

बैतडी । लगातारको बर्षाले बैतडीका ग्रामीण सडकहरुमा दुर्घटनाको जोखिम बढेको छ । बर्षाले ग्रामीण कच्ची सडकहरु हिलाम्य भएपछि दुर्घटनाको जोखिम बढेको हो ।

जिल्लाका पाटन–पञ्चेश्वर, सतबाँझ–श्रीभावर, देहीमाण्डौं –गिरेगडा, अनारखोली–कैलपाल, श्रीभावर –हाट, दुदिलाखान –गाँजरी सडकमा सवारी साधन चलाउन निकै समस्या हुने गरेको चालकहरुले बताएका छन् ।

ग्रामीण सडक पुगेका ठाउँका नागरिक गाडीमै यात्रा गर्न सहज मान्ने हुनाले बर्षातको समयमा समेत सवारी साधन सञ्चालनमा ल्याउनुपरेको यातायात व्यवसायीहरुले बताएका छन् । बर्षौं पहिला बनेका सडकहरु समेत स्तरोन्नती नहुँदा दुर्घटनाको जोखिम बढेको नागरिकहरुले गुनासो गरेका छन् ।

वर्षातको समयमा सडक चिप्लो हुने भएकाले यात्रा गर्न निकै डर लाग्ने गरेको सुर्नया ४ भानबहादुर महराले जानकारी दिनुभयो । बर्षातका कारण सडक ठाउँठाउँमा भत्केको हुनाले यात्रा गर्न निकै डर लाग्ने गरेको उहाँले बताउनुभयो ।