फरक तरिका अपनाउँदै तस्कर


हेटौंडा । भारतीय गाडी प्रयोग गरेर तरुकरी गर्दै आएकाहरुले फरक शैली अपनाएर गाँजा निकासी गर्न थालेको पाइएको छ ।
अटोमा गाँजा ओसारपसार गरिरहेको अवस्थामा हेटौंडामा प्रहरीले गाँजासहित तीन जनालाई पक्राउ गरेको हो । लागुऔषध ओसारपसार गर्ने फरक तरिका अपनाएर तस्करले गाँजा भारत निकासी गर्दै आएको रहस्य खुलेको छ ।

प्रहरीले हेटौंडा–११ बाट मनहरी गाउँपालिका–८ का जीवन मोक्तान, बीरगञ्ज उपमहानगर–१० का राजेश पटेल र मुन्ना अन्सारीलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट १४ किलो ९ सय ग्राम गाँजा बरामद भएको पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

गाँजा ओसारपसारमा प्रयोग भएको ना. १ ह ९७६४ नम्बर अटोलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।