कुटपिट गर्दै घरनिकाला, घाइते महिला प्रहरी शरणमा


कालीवहादुर मल्ल । खाँडाचक्र नपा २ मान्मकी २७ वर्षीया जमना दमाइलाई उनका पति चरित्र दमाइले गालीगलौज, कुटपिट गर्दै घरनिकाला गरेपछि जिलला प्रहरी कार्यालयको सरणमा पुग्नुभएका ेछ । पीडक दमाइले कुटपिट गरी घाइते वनाउनका साथै घर निकाला गरेपछि पीडितले जिल्ला प्रहरी कार्यालय कालिकोटमा सोमबार घरेलु हिंसा तथा कुटपिटको उजुरी दर्ता गराउनुभएको हो ।

आरोपित दमाइले साउन १९ गते राती फलामको रड प्रहार गरी कुटपिट गर्दा आँखा नजिकै गम्भीर चेट लागेको छ । पीडितलाई आरोपीतले अत्यधिक मधिरा सेवन गरि गालिगलोज गर्दै घरनिकाला गरेकाले जिल्ला प्रहरी कार्यालय महिला वालवालिका सेवा केन्द्रको सरणमा आएको पीडित दमाइले बताउनुभयो ।

घाइतेको पीडितको उपचार जिल्ला अस्पताल कालिकोटमा भएको छ । पीडितले आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयमा घरेलु हिंसा तथा कुटपिट सम्वन्धि उजुरी दिनुभएको छ् । उजुरी आएपछि आरोपीलाई गिरफ्तार गरी अनुसन्धान गर्न प्रहरी टोली खटाइएको कालिकोटका प्रहरी प्रमुख डिएसपी विनोद शर्माले जानकारी गराउनुभयो ।,

आरोपीतले दैनिक धम्क्याउने, कुटपिट गर्ने, मादक पदार्थ सेवन गरी परपुरुषसँग यौन सम्बन्ध राखेको आरोप लगाउने गरेको पीडितले आरोप लगाउनुभएको छ ।