स्कुटर चोरी गर्ने २ बालक पक्राउ


पोखरा ।  पोखरामा स्कुटर चोरी गर्ने दुई बालक पक्राउ परेका छन । पक्राउ परेका १७ वर्षका दुई बालको साथबाट ग १२ प ८५५५ नं को स्कुटर बरामद गरिएको हो ।

चोरिमा संलग्न बालकहरु अन्य चोरीमा समेत संलग्न रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता राजकुमार केसि ले जानकारी दिनुभयो । दुई बालकहरुको साथबाट लुकाइ राखेको अवस्थामा बिभिन्न ब्राण्डका ८ थान मोबाईल समेत बरामद गरेको प्रवक्ता केसिले जानकारी दिनुभयो ।

पक्राउ बालहरुलाइ थप अनुसन्धान \सहित कानुनी प्रकृया अगाडी बढाएको उहाले बताउनुभयो ।