नगरपालिकाद्वारा डोजर परिचालन, पाचँ घर जोखिममा


राजेन्द्र गजुरेल, नुवाकोट । नगरपालिकाको डोजर परिचालन संगै नुवाकोटको विदुर नगरपालिका वडा नं १३ आङथाङ्ग स्थीत पाचँ घरपरिवार जोखिममा परेका छन् । ‘नगरपालिकाले विना वातावरण मुल्याङकन सडक विस्तारको नाममा डोजर परिचालन गरेको स्थानिय माधव खड्का बताउनुहुन्छ ।’ सडक विस्तार गर्दा नगरपालिकाले अनुचित तरीकाले डोजर परिचालन गर्दा हामि घरबार बिहिन हुनसक्ने प्रति खड्का चिन्ता व्यक्त गर्नुहुन्छ ।

खड्का सहित देवि प्रसाद न्यौपाने , सिपाई तामाङ,सुकुमान तामाङ र नुर्वु तामाङको घर जोखिममा परेको छ । घर भन्दा सिधा माथि बाट सडक खनेकाले जुनसुकै बेला पहिरो आउन सक्ने प्रति पिडितहरुले चिन्ता व्यक्त गरेका छन् । ‘हामिले यहाँ बाट सडक नलैजानु भनेका थियौ तर कसैले सुनेन् अहिले सानो पानि पदाँ पनि डराई–डराई बस्नु परेको छ पिडित देवि प्रसाद न्यौपाने बताउनुहुन्छ ।’

‘वडाको माग अनुसार सडक विस्तारको प्राविधिक र डोजर पठाईएको र त्यसमा विदुर नगरपालिका जिम्मेवार नभएको मेयर सन्जु पण्डितले बताउनुभएको छ । वडाका जनप्रतिनिधि र वडा बासीको माग अनुसार नै कार्य भएकाले त्यसको सम्पूर्ण जिम्मेवार उहाँहरुनै हुने मेयर पण्डितले बताउनुभयो । सोहि वडाका वडा अध्यक्ष दलबहादुर तामाङ भने नगरपालिकाले नै प्राविधिक र डोजर पठाएको हो त्यसमा वडा कार्यालयको कुनै पनि दोष नरहेको बताउनुहुन्छ ।

वडा अध्यक्ष तामाङ भन्नुहुन्छ,‘हामिले जनताको सहजताको लागि वडामा सडक विस्तारका लागि नगरपालिकालाई अनुरोध गरेका हौ तर नगरपालिकाले पठाएको प्राविधिक र डोजरले हामिलाई बिना जानकारी आफु अनुकुल सडक खनेको हो ।’ नगरपालिकाले नै विस्तार गर्दै आएको सडकका कारण नगरपालिकाद्धारा नै परिचालित प्राविधिक र डोजर चालकले मनोमानि तरीकाले सडक विस्तार गर्दा सोहि वडाको देउडिमा पनि दुई घर जोखिममा परेको वडाध्यक्ष तामाङले बताउनुभयो ।