विप्लवका जिल्ला इन्चार्जसहित ३ पक्राउ


काभ्रे । नेत्रविक्रम चन्द विप्लव नेकपा रामेछापका जिल्ला इन्चार्जसहित ३ जना पक्राउ परेका छन् । एनसेल टावरमा आगो लगाएको र बम विष्फोट गराएको आरोपमा काभ्रेको धुलिखेल–५ स्थायी घर भएका रामेछाप जिल्ला इन्चार्ज यादव ढुंगेलसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। उनीमाथि भुम्लु गाँउपालिकाको एनसेल टावरमा आगजनी गरेको आरोप लागेको छ।

यस्तै ईलाका प्रहरी कार्यालय बनेपाले शुक्रबार राति विप्लव काभ्रेका अन्य दुई जिल्ला सदस्यलाई पनि पक्राउ गरेको छ। पक्राउ पर्नेमा पनौती नगरपालिका ४ बाट विप्लवका जिल्ला सदस्य अनिल रायमाझी र सुन्दर रायमाझी रहेको प्रहरीले जनाएको छ ।

उनीहरु नेपाल बन्दको क्रममा पनौती ७ खोपासीमा विष्फोटक पदार्थ राखेर आंतक फैलाएको आरोपमा पक्राउ परेका छन् । पक्राउ परेका दुबैलाई जिल्ला अदालत काभ्रेबाट ७ दिनको म्याद थप गरेर अनुशन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।