विशेष समिति गठन गर्ने सहमति भएसँगै सदनको अवरोध हट्यो


काठमाडौं । लगातार अवरुद्ध हुँदै आएको संसद बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच सदनको अवरोध हटाउने सहमति भएको छ । नेपाली कांग्रेस र राजपाले सर्लाही घटनाको छानविन गर्न संसदीय समिति गठनको माग स्थगित गरेपछि सदनको अवरोध हटाउने र संसदलाई प्रभावकारी बनाउने सहमति भएको छ ।

फेरि पनि यस्ता गतिरोध नदोहोरियोस् भनेर सुझाव दिन पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको संयोज रहने गरेर ७ सदस्यीय विशेष समिति गठन गर्ने सहमति भएको छ ।