सुनभन्दा कम छैन


आरके उदासी र बिनी आचार्यद्वारा स्वरबद्व तीज गीत सुनभन्दा कम छैन, हराए डर छैन सार्वजनिक गरिएको छ। विशाल रायमाझीको शब्द, संगीत र लक्षुप्रसाद मल्लको एरेन्ज रहेको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको हो।

आशिक राईको निर्देशन रहेको गीतको भिडियोमा अनु शाह र आरके उदासीको नृत्य अभिनय रहेको छ। रामकृष्ण चौलागाईंको छायांकन रहेको भिडियोमा विकास धमलाको सम्पादन रहेको छ। ‘तीजको अवसरमा एउटा राम्रो मौलिक तीज गीत स्रोता÷दर्शकमाझ पस्किएका छौं।

स्रोता/दर्शकले मन पराउनुहुनेछ भन्नेमा आशावादी छौं।’ –निर्देशक आशिक राईले भने। धेरै गीतमार्फत स्रोता दर्शको माया पाएका गायक आरकेको यो पहिलो तीज गीत हो। ‘मेरा अन्य गीतलाई जस्तै यसलाई पनि मन पराइदिनुहुनेछ भन्ने आशा लिएको छु।’ –आरकेले भने।