ट्रकको ठक्करबाट नाबालकको मृत्यु


ईन्द्र गिरी, संखुवासभा । संखुवाभाको धर्मदेबी ३ मुडेबजारमा मालबाहक ट्रकको ठंकरबाट आज विहान एक ४ बर्षिय बालकको घटना स्थलमै मृत्यू भएको छ । मालबाहक ट्रकको ठंक्कर बाट ४ वर्षिय आदित्य अधिकारीको मृत्यू भएको हो ।

सुनसरीको ईटहरीबाट खादवारी तर्फ गएको ना. ४ ख. २९०० नंम्वरको ट्रकले धर्मदेवि ३ मुडेबजार नजिक शिवालय मन्दिरबाट आमा रिता अधिकारी संगै पुजा गरि फर्कदा सडक छेउमा बालकलाई विहान साडे ९ बजे ठंक्कर दिएको थियो । ठंकरबाट बालकको घटना स्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ ।

ट्कको ठक्करबाट नाबालकको मृत्यू भएपछि चालकले माल बाहक ट्रक सहित मुडे प्रहरी चौकीमा पुगेर दुर्घटनाको बारेमा जानकारी गराएका थिए । चालकले आरालोमा ब्रेक नलागेको कारण दुर्घटना भएको बताएका छन । अहिले प्रहरीले चालक मगरलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताईएको छ । घटना स्थलमा स्थानियवासीको अहिले ठुलो भिड लागेको स्थानियवासी दुर्गेस पौडेलले बताएका छन ।