सुरू भएन सर्वदलीय बैठक, ११ बजेको बैठक १ बजेलाई सारियो


काठमाडौँ । सहमति नजुटेपछि सोमबार ११ बजेका लागि बोलाइएको संसद बैठक दिउँसो १ बजेलाई सारिएको छ । संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले ११ बजेका लागि बोलाइएको संसद बैठक १ बजेलाई सारिएको जानकारी दिए ।कांग्रेस र राजपाद्वारा लगातार अवरुद्ध संसद खुलाउन सभामुख र दलका नेताहरुबीच संसद भवन नयाँ बानेश्वरमा छलफल जारी रहेको छ ।

नेत्रविक्रम चन्द विप्लव समुहका नेता कुमार पौडेलको असार ५ गते भएको हत्या घटनालाई लिएर संसदीय छानविन समिति गठन गर्ने कि नगर्ने भन्नेमा सत्ता र प्रतिपक्षबीच सहमति जुट्न सकेको छैन ।

सर्लाही घटना स्थानीयस्तरमा मिलिसकेकाले संसदीय छानविन समिति आवाश्यक नभएको भन्दै समिति गठनको विपक्षमा उभिदै आएको छ ।