बैंकास्योरेन्स रोक्न नहुनेमा जोड

0
Shares

भोला देवकोटा, काठमाडौं ।
बिग मर्जर वा फोर्स मर्जरको चर्चास“गै पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा बैंकास्योरेन्सले सबैको ध्यान तानेको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६÷०७७ को मौद्रिक नीतिमा बैंकहरुले बेच्दै आएको बीमा पोलिसीमा कडाई गर्ने जनाएस“गै यसले सबैको ध्यान खिचेको हो ।

बैंकहरुलाई अभिकर्ता बनाई बीमा कम्पनीहरुले बैंकहरुमार्फत कसैलाई बीमा गराउ“छन् भने त्यस्तो व्यवस्थालाई बैंकास्योरेन्स भनिन्छ । हाल बैंक तथा बीमा कम्पनीहरुले बैंकहरुमार्फत बीमा पोलिसी बिक्री गर्दै आईरहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले बीमा पोलिसी बिक्रीमा कडाई गरेस“गै बैंक तथा वित्तीय संस्थामा प्रभाव देखिने आ“कलन गरिएको छ । बैंकर्सहरुले बीमा पोलिसी बिक्रीमा कडाई गर्न नहुने तर्क गर्दै आएकोमा राष्ट्र बैंकले भने ऋणीलाई जबरजस्ती बीमा पोलिसी जबरजस्ती गर्ने काम गर्न नहुने बताउ“दै आएको छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले बैंकहरुले ग्राहकहरु (ऋणी)लाई जबरजस्ती बीमा पोलिसी लाद्ने गरेको पाइएकाले यसमा कडाई गरिएको बताउनुभयो । ‘बैंकका कर्मचारीहरुले कुनै ग्राहकले विभिन्न कर्जा लिन जा“दा जबरजस्ती बीमा पोलिसी बिक्री गरेको पाइयो, त्यसैकारण यसलाई राष्ट्र बैंकले नियन्त्रण गर्न लागेको हो,’ आइतबार नेपाल समाचारपत्रस“गको कुराकानीमा प्रवक्ता निरौलाले भन्नुभयो । बाहिरी देशमा पनि बैंकास्योरेन्स हुन्छ तर ऋणीमाथि यतिसम्मको जबरजस्ती हु“दैन उहा“ले स्पष्ट पार्नुभयो । उहा“ले राष्ट्र बैंक नियामक निकाय भएकै कारण गलत कामलाई नियन्त्रण गर्दा बैंकहरुले साथ दिनुपर्नेमा जोड दिनुभयो ।

ऋणीलाई कर्जा लिनका लागि नै जबरजस्ती बीमा पोलिसी बिक्री गर्नु उचित नहुने उहा“को भनाइ छ ।

यस्तै पछिल्लो समय बैंक बीमा कम्पनीको अभिकर्ता जस्तो बन्न थालेको पूर्वबैंकर अनलराज भट्टराई बताउनुभयो । यसलाई यसमा समयमै नियन्त्रण गर्नु राष्ट्र बैंकको कार्य भएको उहा“को भनाइ छ । नेपाल समाचारपत्रस“गको कुराकानीमा उहा“ले बैंकहरुले छुट्टै बीमा कम्पनी बनाएर बीमा पोलिसी बिक्री गर्ने परम्परा बाहिरी मुलुकमा पनि भएको चर्चा गर्दै नेपालमा पनि बैंकहरुले त्यसै गर्नुपर्नेमा उहा“को जोड छ । उहा“ले भन्नुभयो–‘बैंकास्योरेन्स गर्न नहुने भन्ने होइन, तर बैंकहरु अभिकर्ता बन्नुहु“दैन ।’ उहा“ले बीमा पोलिसी बिक्री गर्दैमा वित्तीय पहु“च विस्तारमा प्रभाव नपर्ने समेत स्पष्ट पार्नुभयो ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह मौद्रिक नीतिमा समेटिए पनि राष्ट्र बैंकले बीमा पोलिसी बिक्रीमा कडाई गर्न ठिक नहुने बताउनुहुन्छ । नेपाल समाचारपत्रस“ग कुरा गर्दै उहा“ले नेपालमा वित्तीय पहु“च भर्खरै विस्तार हु“दै गएको सन्दर्भमा बैंकास्योरेन्समा कडाइ गर्न नहुने बताउनुभयो । उहा“ले भन्नुभयो–‘वित्तीय पहु“च विस्तार गर्न बैंकास्योरेन्सको महत्वपूर्ण भूमिका रहन्छ, राष्ट्र बैंकले यसमा कडाई गर्छ जस्तो मलाई लाग्दैन ।’ ऋणीहरुलाई जबरजस्ती बीमा नगराइएको पनि उहा“ले बताउनुभयो । उहा“ले भन्नुभयो–‘ तरकारी बजारमा बिक्रीमा राखिएको गोलभ“ेडा पनि त सबै राम्रो हु“दैन, ग्राहकले राम्ररी सोचेर, हेरेर किन्नुप¥यो ।’

यता बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले बीमा पोलिसी बिक्रीमा कडाइ गर्ने राष्ट्र बैंकको नीतिले बीमाको पहु“च विस्तारमा असर गर्ने बताउ“छ । नेपाल समाचारपत्रस“गको कुरा गर्दै बीमा समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा पोलिसी बिक्रीमा कडाई गर्दा बीमाको पहु“च विस्तारमा असर पर्ने बताउनुहुन्छ । यद्यपि, बीमा पोलिसीमा कडाई गर्दा आफ्नै तालिमप्राप्त अभिकर्ताहरु परिचालित हुने हुनाले धेरै असर नपर्ने उहा“को विश्वास छ । बैंकास्योरेन्समार्फत बैंकलाई अभिकर्ताको रुपमा प्रयोग गरिरहेको बताउ“दै उहा“ले अब बीमा अभिकर्ताहरु आफैं परिचालित हुने बताउनुभयो ।

७७ वटै जिल्लामा बीमा अभिकर्ता छरिएर रहेको बताउ“दै उहा“ले बीमाको पहु“चमा असर नपर्ने बताउनुभयो । राष्ट्र बैंकले बीमा पोलिसीमाथि सिधा नियन्त्रण नगरेर घुमाउरो शैलीमा गरेको भए बीमा कम्पनीलाई झनै राम्रो हुने उहा“ले विचार व्यक्त गर्नुभयो । उहा“ भन्नुहुन्छ–‘सिधै ढोका बन्द नगरेर राष्ट्र बैंकले घुमाउरो शैलीमा, बिस्तारै बिस्तारै नियन्त्रण गरेको भए हुन्थ्यो ।’ बीमा बजारमा पहिला बैंकास्योरेन्सको आवश्यकता भए पनि अहिले विकृति आएकाले यसलाई राष्ट्र बैंकले नियन्त्रण गर्नु सकारात्मक भएको उहा“को भनाइ छ ।

बीमा अभिकर्ताहरूलाई राहत

राष्ट्र बैंकले ल्याएको बैकान्स्योरेन्सलाई बन्देज लगाउने नीतिबाट बीमा अभिकर्तामा भने खुशी छाएको छ । बैंकास्योरेन्सका कारण आफूहरुको रोजीरोटी नै गुम्ने खतरा भएको भन्दै पटक–पटक आन्दोलनमा उत्रि“दै आएका बीमा अभिकर्ताहरु राष्ट्र बैंकको यस नीतिबाट निकै खुशी देखिन्छन् ।
पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष नन्द तिवारीले राष्ट्र बैंकको यस नीतिको स्वागत गर्नुभयो । नेपाल समाचारपत्रस“ग कुरा गर्दै उहा“ले यस नीतिबाट अभिकर्ताहरुलाई रोजीरोटी पुनः प्राप्त भएको बताउनुभयो ।