खमेर रूजका पूर्व नेता न्योन चेअको निधन

0
Shares

नोमपेन ।
खमेर रूजका पूर्व प्रमुख सिद्धान्तकार न्योन चेअको आइतबार निधन भएको कम्वोडियाली अदालतका एक प्रवक्ताले जानकारी गराउनुभयो । उहाँ ९३ बर्षको हुनुहुन्थ्यो ।

डेमोक्रेटिक खाम्पुचेअ अर्थात् खमेर रूजका वरिष्ठ नेता तथा पूर्व प्रमुख सिद्धान्तकार न्योन चेअको आइतबार निधन भएको छ ।

“बुढ्यौलीका कारण उहाँमा विभिन्न स्वास्थ्यसम्वन्धी समस्या देखिएपछि उपचारका लागि उहाँलाई गत जुलाई २ तारिखदेखि खमेर सोभियत फ्रेन्डसिप अस्पतालमा भर्ना गरिएको थियो,” प्रवक्ता नेथ फेअत्राले भन्नुभयो ।

कम्वोडियाको अदालतको विशेष कक्षमा कैदी जीवन विताउँदै आएका चेअलाई सन् २००७ मा पक्राउ गरी जातीय संहार, मानवताविरोधी अपराध तथा जेनेभा महासन्धी–१९४९ विरोधी कार्य गरेको आरोप लागेको थियो ।