विप्लवका दुई जिल्ला सदस्य पक्राउ

0
Shares

काभ्रे । प्रतिवन्धित नेकपा माओवादी विप्लव समुहले चन्दा तथा अन्य राजनीतिक गतिविधि तिब्र बनाएको भन्दै जिल्ला प्रहरी कार्यालय काभ्रेले विप्लब समुहका नेता कार्यकर्ता पक्राउ अभियान शुरु गरेको छ ।

जिल्लामा शशस्त्र प्रहरी बलको कार्यालय समेत स्थापना भए पछि जिल्लामा जनपथ र शशस्त्र प्रहरीले विप्लब माओवादीका नेता कार्यकर्ताहरुको खोजीलाई तिब्र बनाएको छ । ईलाका प्रहरी कार्यालय बनेपाले शुक्रबार राति घरमै बसिरहेको अवस्थामा जिल्ला सदस्यद्धय सुन्दर रायमाझी र अनिल रायमाझीलाई पक्राउ गरेको छ । ‘राज्य विरुद्धका गतिविधिमा संलग्न भएको अभियोेगमा रायमाझीद्धयलाई पक्राउ गरी आईतबार ७ दिनको म्याद लिई अनुसन्धान शुरु गरिएको छ’–इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक निराजन भट्टराईले जानकारी दिनुभयो ।

२०७६ बैशाख ५ गते पनौतीमा विस्फोटक पदार्थ सडकमा राखी सर्वसाधारणलाई त्रसित बनाएको अभियोगमा उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । सुन्दर भुपु शिक्षक समेत हुन् । उनले केहि दिन अघि विज्ञप्ती प्रकाशन गरी आफु पार्टीमा नरहेको जानकारी गराएका थिए । असार २५ गते मात्रै जिल्लाबाट प्रकाशन हुने एक पत्रिकामा उनले विज्ञप्ती प्रकाशन गरेका हुन् । प्रहरीले पक्राउ गरेका दुबै जनालाई विस्फोटक पदार्थ सम्वन्धी मुद्दामा म्याद थप गरेको होे ।