निर्मला प्रकरणमा घाइते भण्डारीलाई सरकारले मासिक २५ हजार दिने

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका लागि न्याय माग्ने क्रममा घाइते भएका अर्जुन भण्डारीलाई सरकारले मासिक २५ हजार दिने भएको छ । प्रदर्शनकाे क्रममा प्रहरीको गोली लागि घाइते भण्डारीलाई मासिक २५ हजार दिने निर्णय सरकारले गरेको हो।

भण्डारा निर्मलाको न्याय माग्दै महेन्द्रनगरमा भएको आन्दोलनमा गतवर्ष भदौ ७ गते प्रहरीको गोली लागि घाइते भएका थिए। त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भण्डारीको एउटा खुट्टा गुमेको छ भने अझै पनि उनी बेहोस अवस्थामै रहेका छन् ।