तीन दुर्घटनामा तीनको मृत्यु

0
Shares

काभ्रे ।
अरनिको राजमार्ग स्थित बनेपा नगरपालिका वडा नम्वर १० साझा प्रेटोलपम्प नजिक बनेपाबाट साँगा तर्फ जाँदै गरेको वा ५७ प ९४६९ नम्वरको मोटरसाईकल विपरित दिसाबाट आउँदै गरेको बा १७ च ८११२ नम्वरको स्करपियोमा ठक्कर खाँदा एकको निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता एवं डिएस्पी दिपक गिरीका अनुसार बनेपा नगरपालिका वडा नम्वर १२ कोटथुम्का बस्ने २१ बर्षिय रविन थापाको बनेपाको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा निधन भएको छ । उनिसँगै सवार सोहि स्थानका २६ बर्षिय सविन थापाकोे उपचार भईरहेको छ । स्करपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रवक्ता गिरीले बताउनु भयो ।

त्यस्तै आईतबार सोहि स्थानमा भएको दुर्घटनामा वा ९९ प ३३९७ नम्वरको स्कुटीले अरनिको राजमार्गको साझा प्रेट्रोल पम्प नजिकै विपरित दिसाबाट आउँदै गरेको बा ६ ख ७३१५ नम्वरको ट्रकलाई ओभरटेक गर्ने क्रममा स्कुटी चालक एक जनाको घटनास्थलमै निधन भएको छ । ट्रक चालकलाई नियन्त्रणमा लिई कारवाही शुरु गरिएको छ ।

त्यस्तै आईतबार भएको अर्काे दुर्घटनामा धादिङ्ग सल्यान ३ घर भई कालिसिद्धी गण बर्दिवासमा कार्यरत नेपाली सेनाका अमलदार वर्ष ३५ का भोजनारायण श्रेष्ठको रोशी गाउँपालिका ८ गिम्दीबेशी विपि राजमार्गमा दु्र्घटना हुँदा निधन भएको छ । काठमाडौबाट मंगलटार तर्फ जाँदै गरेकोना ६२ प ७३१६ नम्वर को मोटरसाईकल आफै अनियन्त्रित भई नालीमा खसी दुर्घटना हुँदा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।