विप्लवका जनसरकार प्रमुखद्धारा आत्मसमर्पण


अनिल खत्री, गुल्मी । गुल्मीमा एक जना बिप्लव नेतृत्व माओवादीका जनसरकार नेताले आत्म समर्पण गरेका छन् । गुल्मी प्रहरी हिरासतमा रहेका प्युठान जिल्ला माण्डबी गाउँपालिका वडा नम्बर २ मर्कावाङ रातापानी स्थायी घर भएका ३८ वर्षिय राजेन्द्रबहादुर राउत क्षेत्रीले आत्म समर्पण गरेका हुन् ।

बिगत १ सय १ दिन देखि प्रहरी हिराशतमा रहेका क्षेत्रीले जिल्ला प्रशासन कार्यालय गुल्मीमा प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी दिपककुमार बस्नेत, सशस्त्र प्रहरी प्रमुख बिनोदराज खनाल, लगायतका सुरक्षा निकाय प्रमुख, नागरिक समाज, पत्रकारहरुको रोहवरमा आत्म समर्पण गरेका हुन् ।

आइतवार जिल्ला प्रशासन कार्यालय गुल्मीको एक कार्यक्रममा बिप्ती जारी गर्दै राउत क्षेत्रीले आफु पूर्व माओवादी लडाकु रहेको र हाल कुनैपनि दलमा आबद्ध नरहेको जनाउँदै आत्म सर्मपण गरेका छन् । राउतले २ वर्ष पहिले नेकपा बिप्लव प्युठान जिल्लाको जनसरकार प्रमुख भएको र हाल आपाङ्ग हुँदा उक्त पदमा रहि काम गर्न नसक्ने बिज्ञप्तीमा जनाएका छन् ।

उनले आफुले आपाङ्गगताको क्षेत्रमा काजकाम गर्दै आइरहेको बताएका छन् । साविकको जिल्ला बिकास समिति प्युठानको पहलमा जिल्ला यूवा संजाल महासंघ गठन भएपछि उक्त संस्थाको जिम्मेवार समितिहरुमा रहि काम गर्दै आएको बिज्ञप्तीमा उल्लेख गरेका छन् ।

उनले आफु शारारिक अपाङ्गगता अशक्त भएपछि समुहमा सक्रिया रुपमा नलागेको बताएका छन् । उनले उक्त समहुमा संलग्नभई कुनैपनि क्रियाकलाप गर्ने छैन् यदि गर्ने गराएको ठहर भएमा कानुन अनुसार सजाय भोग्न मञ्जुर रहेको बिज्ञप्तीमा उल्लेख गरेका छन् ।
जनसरकार प्रमुख क्षेत्रीले जारी गरेको बिप्ती प्रमुख जिल्ला अधिकारी पौडेललाई हस्तातरण गरेका थिए ।

प्युठान जिल्ला प्रहरी कार्यालय प्युठान हुँदै अर्घाखाँची र जिल्ला प्रहरी कार्यालय गुल्मीमा गत २६ दिन देखी प्रहरी हिराशतमा थिए ।