मिस्टर प्लसको उपाधी समिर लामालाई

0
Shares

काठमाडौं ।
मिस्टर प्लस साइज नेपाल २०१९ को उपाधी समिर लामाले जितेका छन् । लामाले टप फाईभका कुल पाँच प्रतिस्पर्धी मध्येबाट प्रस्तुतीका आधारमा उत्कृष्ट बन्दै मिस्टर प्लस साइज नेपालको पहिलो संस्करणको ताज पहिरिएका हुन । लामाले मुख्य उपाधी सहित मस्ट हेन्डसमको उपाधी र नगद पचास हजार रुपैयाँ पनि हात पारे ।

त्यस्तै प्रतियोगितामा नितेश चन्द मिस्टर फोटोजेनिकको टाईटल सहित फर्स्ट रनरअप बनेका छन् । फर्स्ट रनरअप बन्दै उनले तिस हजार नगद पनि हात पारे । प्रतियोगीहरु मध्येबाट अजय प्रधानले मस्ट टयालेन्टेड, निगम रेग्मीले मस्ट फ्रेन्डली र कमान लामाले मस्ट डिस्पिलिनको टाइटल सहित नगद बिस हजार प्राप्त गरे । विजेताहरुलाई कार्यक्रमका विशेष अतिथी उज्ज्वल जंग शाह, निर्णायकहरु शितल केसी, सुश्मा कार्की, सुजाता काफ्ले, लोकराज बराल, इश्वर बल्लभ उप्रेती र आयोजक संस्थाका प्रमुख डेभिल सिंह राजपुत, कोरियोग्राफर केडी भट्टले पुरस्कार एबम ट्रफी वितरण गरेका थिए ।

कार्यक्रम नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो । कार्यक्रमको उदघाटन गर्दै अध्यक्ष श्रेष्ठले यस्ता सौन्दर्य प्रतियोगिताले प्रतिस्पर्धात्मक क्षमताको बिकास, ब्यक्तित्व बिकास र सिर्जनात्मक क्षमताको बिकासमा सहयोग पुग्ने धारणा राखेकी थिईन ।

कार्यक्रममा इभेन्ट ब्यवस्थापन संघका प्रवक्ता तथा नेपाल पत्रकार महासंघ, एशोसियट प्रदेश कमिटी सदस्य सरोज ओझा, स्वर्गिय विरेन्द्र स्‍मृति प्रतिस्ठानका अध्यक्ष शिवहरि खनाल, न्युजलाईन्स मिडियाका अध्यक्ष राजु भट्ट, मोडल सिलाष्मा हमाल , नोट डिजाईनर सुन्दर श्रेष्ठ लगायतको ऊपस्थिती रहेको थियो । कार्यक्रमको संचालन ऋषि श्रेष्ठले गरेका थिए ।