ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ


काठमाडौं । ठगी मुद्दामा फरार रहेका एकजनालाई महानगरीय अपराध महाशाखाको टोलीले आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको मध्यपुर ठिमी नगरपालिका १० का ४८ वर्षीय सुनिल श्रेष्ठ रहेका छन् ।

ललितपुर जिल्ला अदालतले श्रेष्ठलाई ठगी मुद्दामा एक वर्ष १० महिना २३ दिन कैद र २६ लाख ५८ हजार तीन सय ८७ रूपैयाँ ४० पैसा जरिवानाको फैसला सुनाएको थियो ।

फैसला लगत्तै फरार भएका उनलाई मध्यपुर ठिमि नगरपालिका १ बोडेबाट पक्राउ गरेको टोलीले जनाएको छ ।