भिरबाट लडेर डोटीमा १ बृद्धको मृत्यु


विमल विष्ट, डोटी । डोटीको पुर्विक्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिका वडानं. ५ धिर्कामाण्डौमा भिरबाट लडेर एक जना बृद्धको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रबक्ता तथा डिएपी लालबहादुर धामीले दिनुभएको जानकारी अनुसार भिरबाट लडेर ज्यान गुमाउनेमा सोही बोगटान फुड्सिल गाउँपालिका वडानं. ५ का ५० वर्षीय गोरे सुनार रहेका छन् । केआईसिंह गाउँपालिका वडान. ५ बाट आफनो घर फर्किरहेका बेला गणेशकाँडाको जंगलको भिरबाट लडेर उनको ज्यान गएको प्रहरीले जनाएको छ ।

गोरे सुनारकी श्रीमती जमुना सुनारले श्रीमान लडेर मेरेको खबर चवराचौतारा प्रहरी चौकीलाई खबर गरे पछि उहिले उक्त ठाउँमा प्रहरी टोली खटिएको प्रहरी प्रबक्ता तथा डिएसपी धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “भिरबाट लडेर मरेको खबर दिईएको छ, घटनास्थलमा प्रहरी टोली जादैछ, प्रहरी टोली पुगेपछि घटनाको विस्तृत अनुसन्धान गरिने छ ।”

चवराचौतारा प्रहरी चौकीबाट झण्डै ६ घण्टाको पैदल दुरीमा उक्त घटना स्थल गणेहकाँडा रहेको डोटी प्रहरीले जनाएको छ ।