फिलिपिन्समा डुङ्गा दुर्घना हुँदा २५ को मृत्यु, ६ बेपत्ता


मनिला । फिलिपिन्सको मध्य क्षेत्रमा रहेको दुईवटा प्रान्तका सामुद्रिक तटनजिकै डुङ्गा दुर्घटना भएको छ । शनिबार इलोइलो र गुईमारासमा भएको तीनवटा डुङ्गा दुर्घनामा परी २५ जनाको मृत्यु भएको स्रोतले जनाएको छ ।

दुर्घनामा परेका छ जना भने बेपत्ता परेका छन् । बेपत्ताको खाजीकार्य जारी रहेको प्रकोप व्यवस्थापन निकायका अधिकारीहरुले जनाएका छन् ।

इलोइलोबाट गुईमारासतर्फ गइरहेका बेला आँधी आएपछि समुद्रमा आएको ठूलो छालले तीन घण्टाको अवधिमा तीनवटा डुङ्गा पल्टिएको जनाइएको छ सास्ति भोगीरहेका छन् ।एजेन्सी