फोन मार्फत व्यापारीलाई धम्काएर पैसा असुुल्न खोज्ने गिरी पक्राउ


काठमाडौ । व्यापारीलाई फोन मार्फत धम्काएर पैसा असुुल्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका वडा नम्बर २४ का उदय गिरी रहेको प्रहरीले जनाएको छ ।

तीन जना व्यापारीलाई छुट्टाछुट्टै नम्बरको फोन मार्फत भन्की दिदैँ २५र२५ लाख रुपैयाँ मागेको आरोपमा गिरीलाई महानगरीय अपराध महाशाखाको टोलीले नियन्त्रणमा लिएको हो । गिरी यसअघि पनि हातहतियार तथा खरखजना मुद्दामा ३ वर्ष जेल भुक्तान गरी छुटेका व्यक्ति भएको खुलेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानाएको छ ।