चालकको लार्पवाहि सवारी दुर्घटनाको प्रमुख कारण


मोतीराम तिमल्सिना, काभ्रे । टिपरबाट हुने दुर्घटना न्यूनिकरण गर्न प्रहरी र ब्यवसायीहरुले झण्डै ५ सय चालक र सह चालकहरुलाई प्रशिक्षण दिए । सवारी दुर्घटनामा चालकको लार्पवाहि प्रमुख कारण भएको तथ्यले देखाएपछि प्रहरी र ब्यवसायीहरुले चालक केन्द्रित अभियान शुरु गरेको बताए । चालकहरुलाई प्रशिक्षण दिएको केहि सातामै ५ प्रहरी टिपरसँगै रकम लिदै गरेको अवस्थामा पक्राउ परे । आर्थिक वर्ष २०७५/२०७६ मा टिपरबाट भएका १५ वटा दुर्घटनामा ७ वटा घटना चालकक लार्पवाहिबाट भएका छन् ।

तिब्रगतिका कारण ५ वटा र यान्त्रिक गढवढीबाट ३ वटा मात्रै दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरिक्षक दामोदर सिलवालले बताउनु भयो । ‘अधिकांश दुर्घटनामा चालकको लार्पवाहि र तिब्र गति देखिएकाले सचेत गराउन चालकलाई प्रशिक्षण दिईएको हो’–प्रहरी निरिक्षक सिलवालले भन्नु भयो –‘साउन महिना भर सचेत गराउँछौं र भाद्र महिना देखि थप कारवाही शुरु गर्नेर्छाै ।’ दुर्घटनामा ८ पुरुष र ३ महिलाको निधन भएको छ । ७ जना शख्त घाईते भएका थिए भने ४ जना सामान्य घाईते भएका थिए ।

२०७५ साउन देखि २०७६ असारसम्म जिल्लामा ७० वटा दुर्घटना भएका छन् । ट्रक र टिपरबाट ३४ वटा दुर्घटना भए भने ९ वटा बसबाट दुर्घटना भएका छन् । अब्यवस्थित सडक, कम अनुभव भएका चालक र अस्वस्थ प्रतिस्पर्धासँगै तिब्र गति दुर्घटनाका कारण भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका सई राजेश दाहालले बताए । १६ वटा कार र जिपबाट दुर्घटना भएका छन् भने ३३ वटा घटना मोटरसाईकलबाट भएका छन् । दुर्घटनामा ९४ वटा सवारी साधन संलग्न भएका थिए । दुर्घटनाबाट जिल्लामा एक वर्षको अवधीमा ३७ जनाले ज्यान गुमाउन पुगेका छन् । मृत्यु हुनेमा २९ पुरुष छन् भने १० महिला, १ बालक र १ बालिका छन् । ६१ जना सख्त घाईते भए भने ४० जना समान्य घाईते भएका छन् ।

तीन वर्षको अवधीमा जिल्लामा भएका १ सय ९६ वटा दुर्घटनाबाट १ सय ४६ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा ज्यान गुमाउनेको संख्या बर्षेनी बृद्धी भएको छ । २०७३/२०७४ मा ६५ जनाले ज्यान गुमाएकोमा पछिल्लो वर्ष ६१ जनाले ज्यान गुमाए पनि गत वर्ष ७० जनाले ज्यान गुमाएका छन् । २ सय ७९ वटा सवारी दुर्घटनामा संलग्न भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख दामोदर सिलवालले बताउनु भयो । दुर्घटना न्युनिकरण गर्ने अभिप्रायले सरोकारवालाको उपस्थितीमा चालकहरुलाई प्रशिक्षण दिएको उहाँले बताउनु भयो ।
स्कर्पियोमा ठोक्किँदा एकको निधन

अरनिको राजमार्ग स्थित बनेपा नगरपालिका वडा नम्वर १४ साझा प्रेटोलपम्प नजिक बनेपाबाट साँगा तर्फ जाँदै गरेको वा ५७ प ९४६९ नम्वरको मोटरसाईकल विपरित दिसाबाट आउँदै गरेको बा १७ च ८११२ नम्वरको स्करपियोमा ठक्कर खाँदा एकको निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता एवं डिएस्पी दिपक गिरीका अनुसार बनेपा नगरपालिका वडा नम्वर १२ कोटथुम्का बस्ने २१ बर्षिय रविन थापाको बनेपाको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा निधन भएको छ । उनिसँगै सवार सोहि स्थानका २६ बर्षिय सविन थापाकोे उपचार भईरहेको छ । स्करपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रवक्ता गिरीले बताउनु भयो ।