अफर आएका सबै फिल्ममा काम गर्दिनँ : केकी अधिकारी


रश्मी थापा । दर्जनौं म्युजिक भिडियोमा मोडलिङ र अभिनय गरी म्युजिक भिडियो क्विनका रूपमा पहिचान बनाए पनि स्वर नामक फिल्मबाट सिने नगरीमा प्रवेश गरेकी नायिका केकी अधिकारीलाई सुन्दरी र बौद्धिक नायिकाका रूपमा लिइन्छ। हाउ फन्नी, घामपानी, ऐश्वर्या, मसान, रज्जा रानी जस्ता दर्जनको हाराहारी फिल्ममा अभिनय गरी कोहोलपुर एक्सप्रेसमार्फत फिल्म निर्माणमा समेत हात हालेकी फिल्म निर्देशक बद्री अधिकारी पुत्री केकीले जसरी फिल्म क्षेत्रमा मेहनत गरिन्, त्यसरी नै पढाइमा पनि मेहनत गर्दै व्यवस्थापनमा मास्टरसम्मको पढाइ पूरा गरेकी उनी कान्तिपुर टेलिभिजनबाट प्रसारण हुन लागिरहेको कमेडी च्याम्पियन नामक टेलिभिजन शोको निर्मात्री पनि हुन्। उनीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत छ : 

हाल केमा व्यस्त हुनुहुन्छ ?

भर्खरै छ माया छपक्कै नामक फिल्मको सुटिङ सकिएको छ। अहिलेचाहिँ कमेडी च्याम्पियनको काममा व्यस्त छु।

कमेडी च्याम्पियन निर्माण गर्ने योजना कसरी बन्यो ?

कमेडी शोको सोच धेरै अगाडि आए पनि यसका लागि सही समय भने अहिले भएकाले निर्माणमा जुटेको हो। यसरी ग्र्यान्डरूपमा स्ट्यान्ड अप कमेडी शो गर्दा दर्शकले रुचाउनुहुन्छ कि हुन्न भन्ने कुरामा दुविधा थियो। अहिलेको माहोल हेर्दा राइट टाइम यही हो भन्ने लागेर यो शोको शुरुआत गर्न लागिरहेका हौं।

तपाईं थोरै फिल्ममा मात्र काम गर्नुहुन्छ। फिल्मको स्क्रिप्ट छान्दा के कुरामा ध्यान दिनुहुन्छ ?

स्क्रिप्टमै ध्यान दिन्छु। अफर आएका सबै फिल्ममा काम गर्दिनँ। फिल्मको कथावस्तु हेरेर मात्र काम गर्ने या नगर्ने निधो गर्छुु। फिल्ममा अभिनय गर्दा स्क्रिप्टलाई बढी ध्यान दिन्छु। चाहे त्यो हरर फिल्म होस्, या आर्ट फिल्म होस् या व्यावसायिक फिल्म नै किन नहोस्। त्यसको स्क्रिप्ट राम्रो लागेमा काम गर्छु। स्क्रिप्ट चित्त नबुझे काम गर्दिनँ। किनभने फिल्मको मेन बेस भनेकै स्क्रिप्ट हो।

फुर्सदको समय कसरी बिताउनुहुन्छ ?

फुर्सदको समयमा प्रायः किताब पढेर बिताउँछु। त्यस्तै विभिन्न प्रकारका फिल्म हेरेर टाइमको सदुपयोग गर्छु।

तपाईंको बलियो र कमजोर पक्ष के हो ?

मेरो विकनेस भनेको नै टाइम म्यानेजमेन्ट हो। स्ट्रेन्थ भनेको पनि टाइम म्यानेजमेन्ट नै हो।

तपाईंको रोल मोडेल को हुनुहुन्छ ?

मैले कुनै एक व्यक्तिलाई मात्र रोल मोडलका रूपमा लिएकी छैन। काम गर्दै जा“दा धेरै जनास“ग सहकार्य गरियो। हरेक व्यक्तिबाट एउटा न एउटा कुरा सिक्दै र जान्दै गएँ। उहाहरूकै कारण अहिले यहाँ छु। त्यसैले उहाँहरू सबैलाई रोल मोडल मान्छु।

तपाईं आफ्नो स्वास्थ्य र सौन्दर्यप्रति कत्तिको सजग रहनुहुन्छ ?

जो–कोहीले पनि आफ्नो स्वास्थ्यप्रति सजग रहनै पर्छ भने मेरो प्रोफेसनले सौन्दर्यप्रति सजग रहन र सुन्दर देखिनै पर्छ। हेल्थ इज वल्थ भन्ने भनाइ नै छ। हरेक मानिसका लागि स्वास्थ्य महत्वपूर्ण कुरा हुन्छ। स्वास्थ्य नै धन हो भन्ने भनाइ पनि छ नि। स्वस्थ्य र≈यो भने धन सम्पति र सफलता प्राप्त गर्न सकिन्छ। म स्वस्थ रहनका लागि खानपान र निद्रामा विशेष ध्यान दिन्छु। जतिसुकै व्यस्त भए पनि दैनिक ६/७ घन्टा सुत्ने गर्छु। निद्रा पुगेन भने जति प्रयास गरे पनि फ्रेस रहन सकिँदैन।

निद्रा नपुगेको मानिसको अनुहारमै देखिन्छ। कलाकार भएपछि सौन्दर्यमा पनि ध्यान दिनुपर्छ। तर, मेकअप गरेर सौन्दर्य बढ्छ र राम्री भइन्छ भन्ने कुरा म मान्दिनँ। पर्दामा बाहेक अरू बेला बिनामेकअप नै हि“ड्ने गर्छु। मानिसमा सकरात्मक सोच हुनुपर्छ। कसैलाई समस्या पर्दा उसका लागि मद्दत गर्न सक्नुपर्छ। आफैंलाई कुनै समस्या पर्दा नआत्तिइकन हल गर्न सक्नुपर्छ। जसले गर्दा अनुहारमा आफैं सौन्दर्य भल्किन्छ।

स्वास्थ्य र सौन्दर्यका लागि मासिक कति खर्च गर्नुहुन्छ ?

दैनिकजसो सुटिङको काम हुने भएकाले मेकअप गर्दा अनुहारमा विभिन्न प्रकारका केमिकल परेको हुन्छ। जसलाई लामो समय राख्दा अनुहारलाई असर गर्छ। मुख धँदा मात्र त्यस्ता केमिकल नजाने भएकाले फ्रुट मसाज र फेसियलमा केही खर्च गर्छु। महिनाको १० देखि १५ हजार खर्च हुने गर्छ। सौन्दर्य साधनकै लागि भनेर खासै खर्च गर्ने बानी छैन। बाहिरको सामान अथेन्टिक हुने भएकाले कार्यक्रमका लागि विदेश गएका बेला आवश्यक मेकअपका सामग्री उतैबाट खरिद गर्छु।

नेपाली फिल्म क्षेत्रमा तपाईंलाई धेरै पढेको अभिनेतृका रूपमा लिइन्छ। करिअरमा पढाइले कत्तिको मद्दत गरेको छ ?

म मात्र धेरै पढेको अभिनेतृ होइन। फिल्म क्षेत्रमा धेरै पढेका अभिनेतृ हुनुहुन्छ। उहाँहरूको पढाइको कुरा बाहिर नआएको हुन सक्छ। मेरो विचारमा पढाइलाई नै सबैभन्दा ठूलो कुरा होइन, पढेर मात्र पनि हु“दैन। पढेको कुरा व्यवहारमा लागू गर्न सक्नुपर्छ। पढेको मान्छे अलग्गै हुन्छन् भन्ने मलाई लाग्दैन। पढाइ आवश्यक छ, तर व्यवहारमा लागू गर्न सकिएन भने त्यो पढाइको के काम ? मैले व्यवस्थापन पढेको छु। तर, आफ्नो दैनिक जीवनको व्यवस्थापन गर्न सकिन भने त्यसको महŒव हु“दैन। आफूस“ग भएको ज्ञान जीवनमा प्रयोग गर्न सकिएमा मात्र पढाइको अर्थ रहन्छ।

तपाईंको आगामी प्रोजेक्ट के छ ?

प्रोजेक्टका रूपमा कमेडी च्याम्पियन र आफ्नै निर्माणमा फिल्म कन्या कुमारी बनाउने सोच छ। यसका लागि स्क्रिप्ट हेररहेको छु।