अवैध हतियारसहित २ पक्राउ


धनवीर दाहाल, रुकुम । अवैध हतियार सहित दुई जनालाई रुकुम पश्चिम प्रहरीले पक्राउ गरेको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका ३ स्यालखोलाबाट अबैध हातहतियार सहित दुई जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा बाँके जिल्ला कोहलपुर नगरपालीका वडा नं. १ कौशिला नगरका १९ बर्षिय गोरे थापा मगर र दैलेख दुल्लु नगरपालीका वडा नं.१३ लम्सका ३४ बर्षिय खड्क बहादुर बि.क. रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

उनीहरुको साथबाट कटुवा पेस्तोल एक थान र भरुवा बन्दुक लाई मिडियम साईजको कटुवा पेस्तोल बनाएको नाल एक थान बरामद गरिएको जिल्ला प्रहरी कार्यलय रुकुम पश्चिमा प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिनुभयो ।

उनीहरुले डोल्पा, जाजरकोट र रुकुम पश्चिमबाट जडिबुटी तथा यार्सा गुम्बा खरिद बिक्रीको लागी आउने जाने ब्यापारी लगायत स्थानीय ब्यक्ती हरुलाई हातहतियार देखाई बिभिन्न डर धम्की दिई चन्दा तथा फिरौती रकम माग गर्दै अशान्ति फैलाई रहेको प्रहरीको भनाई छ ।